धनगढी, ११ पुस-अधिबक्ता तथा समाजसेवी डा. जानकी तुलाधरले आफ्ना स्वर्गीय आमाबुवा प्रेमलाल तुलाधर र आमा प्रेमकुमारी तुलाधरको सम्झानामा विद्यार्थीहरुलाई खेलकुद सामग्री बितरण गरेकी छिन् ।
डा.तुलाधरले धनगढी स्थित सुदूरपश्चिम एकेडेमीका बिद्यार्थीहरुलाई एक कार्यक्रमको आयोजना गरी बिद्यार्थीहरुलाई खेलकुद सामग्री हस्तान्तरण गरेकी हुन् । तुलाधरका तिन भाई एक बहिनी छन् ।
आमाबुवको सम्झनामा परोपकारी काम गर्ने उदेश्यले यस बर्ष बिद्यार्थीहरुलाई खेलकुद सामग्री हस्तान्तरण गरेको डा. तुलाधरले बताईन् । अझै यसरीनै आमाबुबाको सम्झानमा परोपकारी काम गर्ने जितु तुलाधरले बताए ।
तुलाधरले २० हजार बराबरको बिभिन्न खेलकुद सामग्री विद्यार्थीलाई हस्तान्तरण गरेको उपप्रध्यापक धर्म भट्टले जानकारी दिए । सुदूरपश्चिम क्याम्पसका अध्यक्ष योगेन्द्रबहादुर शाही, क्याम्पस प्रमुख हेमराज जोशी, सहायक क्याम्पस प्रमुख उत्तमसिह भण्डारीले कार्यक्रममा सहयोग गरेकोमा धन्यवाद मन्तव्य गरेका थिए ।


