सुखड- आत्मरक्षा तालिमले आफुहरुको आत्मरक्षा गर्ने मनोबलमा बृद्धि भएको बालिकाहरुले बताएका छन । कैलालीको घोडाघोडी नगरपालिका ५ चोङ्गालीपुरमा भएको ३ दिने आत्मरक्षा तालिम दिई सके पछि आफुहरुमा आत्मविश्वास बढेको र बोल्ने क्षमताको समेत बृद्धी भएको बालिकाहरुको भनाई छ । आत्मरक्षा तालिमबाट आफुमा निकै परिवर्तन भएको र हिंसाको बिरुद्धमा बोल्न सक्ने क्षमतामा बृद्धि भएको तालिममा सहभागी घोडाघोडी नगरपालिका ७ हरिनगरका निसा जैशीको भनाई छ ।
सिमान्तकृत बालिकाहरुको शिक्षामा सहयोग कार्यक्रम ९स्टेम परियोजना० ले आयोजना गरेको ३ दिने बालिकाहरुलाई आत्मरक्षा सम्बन्धी तालिम चोङ्गालीपुरको दरख माध्यामिक बिद्यालयमा भएको थियो । तालिमका उक्त बिद्यालयका कक्षा १० मा अध्ययनरत ३४ जना बालिकाहरुको सहभागीता रहेको थियो । तालिमबाट बिभिन्न हिंसाका स्वरुप, हिंसा हुन सक्ने सम्भावित क्षेत्र तथा हिंसाबाट बच्न आपनाउनु पर्ने उपायका बारेमा सिकेको तालिमका सहभागी घोडाघोडी नगरपालिका ७ कृतिपुर की रस्ना डगौँराले बताईन । लैङ्गिक असमानता तथा लैङ्गिि बिभेद र आत्मरक्षा गर्ने बिभिन्न तरिकाहरु ३ दिने तालिम बाट सिकेको उनको भनाई छ ।
तिन दिन सम्म तालिमका सहभागी भएर आफुले सिकेको आत्मरक्षा गर्ने तरिकाहरु आफुमा मात्र सिमित नराखेर गाउँ ठाउँका दिदि बहिनीहरुलाई सिकाउने समेत निसा जैशीले बताईन । आफ्नो समाजलाई लैङ्गिक बिभेद मुक्त र किसोर मुक्त समाज बनाउने उनको भनाई छ । स्टेम परियोजनाले बालिकाहरुलाई बिभिन्न हिंसाबाट बचाउने उदेश्यले ३ दिन सम्म शारिरिक अभ्यासबाट आत्मरक्षा बारे सिकाईएको र बालिकाहरुका लागि उपलब्धी मुलक हुने स्टेम परियोजनाले जनाएको छ । बालिकाहरु जब सम्म मानसिक रुपमा तयार हुदैन तब सम्म शारिरीक रुपमा केही पनि प्रतिकृया जनाउन सक्दैन् । त्यसैले गर्दा आत्मरक्षा तालिम दिएको स्टेम परियोजनाकी पबित्रा चौधरीले बताईन ।
पछिल्लो समय बालिकाहरु बलत्कारको सिकार भईरहेको हुदा त्यस बाट कसरी बच्न सकिन्छ भनेर बिभिन्न बिद्यालयका बालिकाहरुलाई तालिम दिएको उनको भनाई छ । षौष ८ गते देखी सुुरु भएको आत्मरक्षा तालिम बिहिबार सकिएको हो । समापन कार्यक्रममा सहभागी घोडाघोडी नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष प्रेम रोकायाले सिकेको सीपलाई ब्यवहारमा लागु गर्दै अरुलाई पनि सिकाउन आग्रह गरे । पछिल्लो समय धेरै हिंसात्मक गतिबिधिहरु भईरहेकोले आत्मरक्षा तालिमले बालिकाहरुको आत्मबल बढे संगै धेरै सहजताको अनुभुती गर्ने धारणा राखे ।
शारिरिक संगै मानसिक हिंसा र त्यसबाट बच्ने उपाएका बारेमा पनि सबैले चासो दिनु पर्ने उनको भनाई थियो । स्टेम परियोजना आफनो विद्यालयमा पनि लागु भएको र यो परियोजनाले विद्यालय बाहिर तथा भित्रका बालिकाहरुमा निकै सकारात्मक परिवर्तन देखिएको कार्यक्रममा सहभागी अभिभाबकको भनाई थियो । स्टेम परियोजनाले सिमान्तकृत बालिकाहरुको शिक्षामा सहयोगका लागि बिभिन्न विद्यालय तथा समुदाय स्तरमा रहेर काम गरिरहेको छ ।