धनगढी ८ पुस- क्रिसमस दिवसको अवसर पारेर सहयोगी हातहरु समूह ९ द हेल्पिङ हेन्ड्स एसपिए० ले धनगढीमा अवस्थित अनाथालय आमाको माया छात्रावासलाईु न्यानो लुगा तथा शैक्षिक सामग्री सहयोग गरेका छन् ।
समूहका सदस्य नारायण पेला नरेशको नेतृत्वमा आमाको माया छात्रबासमा रहेका ३२ जना अनाथ बालबालिकालाई टोपी, मोजा र कापीकलम सहयोग हस्तान्तरण गरिएको । शितलहरसंगै बढेको चिसोका कारण छात्रावासमा टोपी र मोजाको अभाव रहेको खबर प्राप्त भएर सहयोग गरेको संयोजक पेलाले बताए ।
सुदूरपश्चिमाञ्चल क्याम्पस एसपिए मा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुको समूह द हेल्पिङ हेन्ड्स् विभिन्न सामाजिक कृयाकलापहरुमा सक्रिय रहदै आएको छ ।
