धनगढी, ७ पुस- धनगढी उपमहानगरपालिका मेयर नृप बहादुर वडले धनगढी उपमहानगरपालिका क्षेत्रमा भईरहेको विकास निमार्णको अनुगमन लाई तिव्रता दिएका छन् ।
धनगढी उपमहानगरपालिका क्षेत्र भित्र संञ्चालित योजना लाई पहिलो प्राथमिकता दिदै मेयर वडलले अनसगमन लाई तिव्रता दिएका हुन् । सोही क्रममा मेयर वडले आज धनगढी उपमहानगरपालिका वडा नम्बर ८ मा निर्माणधिन योजनाको अनुगमन गरेका हुन् ।
मेयर वडले निर्माण ब्यवसायी, कर्मचारी र वडा अध्यक्ष लाई संग फिल्डमा लिएर गुणस्तरियता कायम गदै काम लाई तिव्रता दिन निर्देशन दिएका छन् ।