संघीय सरकारबाट मातृ तथा बाल स्वास्थ्य सुदृढीकरणको लागि यस सुदूरपश्चिम प्रदेशलाई विशेष अनुदान प्राप्त भएको हुदाँ सामाजिक विकास मन्त्रालयबाट प्रदेशमा रहेका स्थानीय तहहरुको लागि ग्रामिण अल्ट्रासाउन्ड खरिद गरी वितरण गर्न निर्देशनालयलाई आ.व. ०७५।०७६ को अन्तमा (२०७६।०१।२३ गते) कार्यक्रम तथा बजेट प्राप्त भएको थियो ।

अल्ट्रासाउन्ड खरिदको लागि १२ करोड ३२ लाख बजेट विनियोजन भएको हो । उक्त मेसिनअल्ट्रासाउण्ड मेसिन को मुल्य १० लाख २४ हजार ३२० अमेरीकी डलर रहेको छ । अल्ट्रासाउण्ड मेसिन को भन्सार शुल्क रु ५८ लाख ८२ हजार ७१८ रहेको छ भने भ्याट शुल्क रु १ करोड ६० लाख ५९ हजार ८८५ रहेको छ ।

अल्ट्रासाउण्ड मेसिन हरु १ महिना भित्रै सम्बन्धित स्थानिय तहलाई बितरण गरीने स्वास्थ निर्देशक गुणराज अबस्थीले बताए । अल्ट्रासाउण्ड मेसिन को बायोमेडिकल ईन्जिनियर बाट post shipment inspection को कार्य भईरहेको छ ।

