काठमाण्डौ – सूचना प्रविधि अभियन्ता महावीर पुनले आफूलाई बैंकले ऋण दिन नपत्याएको गुनासो गर्नुभएको छ ।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर पुनले आफूलाई २ वटा परियोजनाको लागि ३ करोड रुपैयाँ आवश्यक परेको तर नेपाली बैंकले नपत्याएको बताउनु भएको छ ।
उहाँले अमेरिका, क्यानेडा, युरोपेली देश अष्ट्रेलिया या विश्वका जुनसुकै देशमा बस्ने नेपालीले ४ प्रतिशत ब्याजदरमा ऋण दिएमा आफूले अघि सारेका सामुदायिक पर्यटन र साना साना प्रविधिका सामान बनाउने कारखानाको सपना साकार हुने पनि बताउनु भएको छ ।
सामुदायिक पर्यटन कार्यक्रम १० वर्षदेखि आंशिकरुपमा चलेको र यसलाई पूर्ण बनाउन ऋण चाहिएको उहाँको भनाइ छ ।
उहाँले विदेशमा बस्ने नेपालीले ५, १०, १५ लाख जति सक्छन्, त्यति ऋण दिन सक्ने पनि बताउनु भएको छ । उहाँले ३ वर्षमा ऋण तिर्ने पनि प्रतिबद्धता व्यक्त गर्नुभएको छ । ऋण दिन चाहनेले [email protected] सम्पर्क गर्न सकिने पुनले जनाउनु भएको छ ।
