कैलालीमा अवैध रुपमा कटानी गरिएको सालको काठ लुकाउने सामुदायिक वनका अध्यक्ष सहितका दुईजनालाई पक्राउ गरिएको छ।
डिभिजन वन कार्यालय पहलमानपुरले सालको गोलिया लुकाउने सुख्खडको मेल्कट्टी सामुदायिक वनका अध्यक्ष राजु जोशी र स्थानीय तेजु चौधरीलाई पक्राउ गरिएको जनाएको छ। सोमबार बिहान उनीहरुलाई घोडाघोडी नगरपालिका वडा नम्बर ४ घरबाट पक्राउ गरिएको डिभिजन वन कार्यालय पहलमानपुरका प्रमुख कृष्ण भट्टले जानकारी दिए।
उनका अनुसार सामुदायिक वनका अध्यक्ष जोशीले २७ दशमलव ९६ क्यूफिटका ७ गोलिया र चौधरीले ९८ दशमलव ०५ क्यूफिट बराबरका चार गोलिया सालको अवैध काचो काठ लुकाएका थिए। उनीहरुलाई सशस्त्र सुरक्षा शाखा धनगढीमा राखिएको छ।