आजको पत्रपत्रिकामा साग खेलकुदमा २४ वर्षपछि म्याराथुनमा नेपालले स्वर्ण पाएको, स्थानीय सरकारको बेतिथी, राजस्व कर्मचारीको विवरण गुप्तचर अख्तियारमा बुझाएको लगायतको समाचार प्राथमिकतामा परेका छन् ।
कान्तिपुर दैनिकले गुप्तचरले अख्तियारमा राजस्व कर्मचारीको विवरण बुझाएको समाचारलाई प्रमुख बनाएको छ । कान्तिपुर लेख्छ– राष्ट्रिय अनुसन्धान विभागले अकुत सम्पति आर्जन गरेको आशंकामा राजस्व(भन्सार र कर प्रशासन) समूहका कर्मचारीहरुको सम्पत्ति विवरण संकलन गरेर अख्तियार दुरुपयोग अनसुसन्धान आयोगलाई बुझाएको छ । अख्तियाको आग्रहमा राअविले केन्द्र, प्रदेश र जिल्ला तहमा रहेका आफ्ना संयन्त्रमार्फत राजस्व समुहका कर्मचारी उनीहरुका परिवार र नातागोताको चल÷अचल सम्पत्ति विवरण बुटेलेको हो ।
नागरिक दैनिकले २४ वर्षपछि म्याराथनमा नेपालले स्वर्ण पदक ल्याएको समाचार लेखेको छ । समाचार अनुसार ‘म नयाँ खेलाडी हुँ, र यो नै मेरो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो ।’ नेपाललाई दक्षिण एसियाली खेलकुद(साग) अन्तर्गत पुरुष म्याराथनमा २४ वर्षपछि स्वर्ण दिलाएपछि नेपाली धाबक किरणसिंह बोगटीले दिएको प्रतिक्रिया हो यो । आठौ राष्ट्रिय खेलकुदमा म्याराथनमा किरणले तेस्रो स्थान हात पारेका थिए । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले घरेलु मैदानमा हुने १३ औं सागका लागि खेलाडी छनोटको मुख्य आधार नै सोही प्रतियोगिताका प्रायः सबै खेलका विजेता र दोस्रो स्थानका खेलाडीलाई राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा बोलाएको थियो । त्यसैले आफू बन्द प्रशिक्षणमा पर्छु भन्नेमा किरण विश्वस्त थिएनन् । तर भाग्यले साथ दिएपछि उनले बन्द प्रशिक्षणको अबसर पाए । अन्नपूर्ण पोस्टले दुर्घटनाले वर्षमा ३० अर्ब खर्च हुने गरेको समाचार लेखेको छ ।
अन्नपूर्ण लेखछ– नेपालमा सडक दुर्घटनामा बर्सेनि सयौं मानिसले ज्यान गुमाएका छन्। जीवन गुमाउनेभन्दा दोब्बर संख्यामा गम्भीर घाइते छन्। यसबाट परिवार, समाज र राष्ट्रले ठूलो मूल्य चुकाइरहेको छ। दुर्घटनाबाट हुने मानवीय क्षतिको मूल्य छैन। पारिवारिक र सामाजिक पीडाको मापन हुँदैन। दुर्घटनाबाट अर्थतन्त्रमा हुने क्षतिका सम्बन्धमा विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ० ले केही समयअघि अध्ययन गरेको थियो। अध्ययनले सडक दुर्घटनाबाट नेपालको अर्थतन्त्र ९कुल गार्हस्थ उत्पादन० मा ०।८ प्रतिशत क्षति भएको अनुमान छ।
अध्ययन २०७२ सालमा भएको थियो। त्यसयता नेपा लमा सवारीसाधन दुर्घटना र मृत्यु हुनेको संख्या बढिरहेकाले कम्तीमा पनि ०।९ प्रतिशत हाराहारीमा अर्थतन्त्रमा क्षति भइरहेको अनुमान छ। दुर्घटना बढ्दा यस्तो क्षति बर्सेनि बढ्दो छ। सडक दुर्घटनाले नेपाली अर्थतन्त्रमा अघिल्लो आर्थिक वर्षमा ३० अर्बभन्दा बढीको क्षति पुगेको आँकलन छ। गत आर्थिक वर्षमा नेपाली अर्थतन्त्रको आकार ३४ खर्ब ६४ अर्ब रुपैयाँ छ। ट्राफिक प्रहरी निर्देशनलायका अनुसार यो वर्ष साउनयता चार महिना (आर्थिक वर्ष २०७६र७७ साउन–कात्तिक) मा देशभर ५ हजार नौ सय ८१ सडक दुर्घटना भएका छन्।
ती दुर्घटनामा पाँच सय ८२ जना मारिएका छन्। एक हजार ६ सय ९२ जना गम्भीर घाइते छन्। निर्देशनालयका अनुसार प्रतिदिन औसत ३७ सवारीसाधन दुर्घटना हुन्छन्। हरेक दिन औसतमा ७ जना मारिन्छन् भने १२ जना गम्भीर घाइते हुने गरेका छन्। नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले दुर्घटनाको ठूलो आर्थिक सामाजिक मूल्य रहेको बताए। ‘परिवारले भोग्ने पीडा छँदै छ, आयआर्जन गर्ने उमेरका परिवारका सदस्यको अंगभंग या मृत्यु हुँदा यसले भयावह समस्या सिर्जना गर्छ,’ उनले भने, ‘अंगभंग भएकाको उपचारमा ठूलो खर्च गर्नुपर्ने हुन्छ भने आर्थिक रुपले सक्रिय हुन नसक्ने जनसंख्या बढ्नु देशका लागि पनि दीर्घकालीन भार सिर्जना हुनु हो।’ गम्भीर घाइते आयआर्जनका क्रियाकलापमा सहभागी हुन सक्दैनन्।
अरूको सहायतामा जीवनयापन गर्नुपर्ने भएकाले उनीहरूलाई परिवारका अन्य सदस्यमा आ िश्रत हुनुपर्छ।दुर्घटना न्यूनीकरण गरी मानिसको जीवन बचाए त्यसले आर्थिक विस्तारलाई टेवा दिनेछ। डब्लूएचओका अनुसार नेपाल दक्षिण एसियाकै बढी सडक दुर्घटना हुने राष्ट्रमा पर्छ। हरेक वर्ष प्रतिएक लाख मानिसमा कम्तीमा १६ जनाले सडक दुर्घटनाकै कारण जीवन गुमाइरहेका छन्। विश्वभर हरेक वर्ष १३ लाख ५० हजार मानिसको सडक दुर्घटनामा ज्यान जान्छ। लाखौंको सख्यामा गम्भीर घाइते या अंगभंग हुने गरेका छन्।
नयाँ पत्रिका दैनिकमा बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारीनिवास भत्काउन थालिएको समाचार छ । सहरी विकास तथा भवन निर्माण विभागले शुक्रबारदेखि प्रधानमन्त्रीनिवास भत्काउन सुरु गरेको हो । भवनको टायल र भित्रका सामान धमाधम निकालिँदै छ । पुराना भवनको ठाउँमा प्रधानमन्त्रीको नयाँ निवास बन्ने भएको छ । प्रधानमन्त्रीनिवासको पुरानो भवन भत्काउन करिब एक महिना लाग्नेछ ।
प्रधानमन्त्री केपी ओलीलाई मुख्यसचिवको सरकारीनिवासमा सारिएको छ । भवनका भग्नावशेषको फोहोर र निर्माण सामग्रीले प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यमा असर गर्ने भएकाले उनलाई मुख्यसचिवको निवासमा सारिएको हो । नौ दिन अस्पतालमा उपचार गराएर प्रधानमन्त्री ओली अहिले बालुवाटारमा आराम गर्दै आएका छन् । मुख्यनिवासमा रहँदै आएका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनालाई भने सभामुखनिवासमा सारिएको छ । पूर्वसभामुख कृष्णबहादुर महराको निवास खाली भएपछि राष्ट्रिय सभाध्यक्षलाई सो निवासमा सारिएको हो ।
पत्रिकामा १३ औँ दक्षिण एसियाली खेलकुद (साग) खेल्न आएका १३ श्रीलङ्कन खेलाडीहरुलाई डेङ्गु संक्रमण भएको समाचार छ । सात खेलाडीको त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पतालमा उपचार भइरहेको छ । महिला फुटबलर ग्रायथी नानायक्कराको अवस्था गम्भीर भएकाले आइसियूमा उपचार भइरहेको छ । महिला फुटबलको प्रतिस्पर्धाका लागि गायथ्री पोखरामा थिइन् । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई काठमाडौँ ल्याइएको थियो । डेङ्गु संक्रमण भएर अस्पताल भर्ना हुनेमा एथ्लेटिक्सबाट स्वर्ण विजेता अमासा डी सिल्भा पनि छिन् । अन्य ६ खेलाडी भने ब्लुक्रसमै उपचारपछि डिस्चार्ज भएर होटेल फर्किएका छन् । रिामी हुनेमा धेरैजसो एथ्लेटिक्सका खेलाडी रहेको श्रीलङ्काली टोलीका मेडिकल प्रमुख डा .लाल इकनायकेले बताए ।







