काठमाडौं । अभिनेत्री पुजा शर्मा फिल्म ‘म यस्तो गीत गाउँछु २’ को सुटिङ सकाएर फिल्म ‘सम्झना बिर्सना’ को सुटिङमा व्यस्त रहेकी छिन् । यो फिल्ममा अभिनेता आकाश श्रेष्ठ र पुजाको मूख्य भूमिका रहेको छ ।
पूजाले फिल्मको सेटबाट फिल्ममा रहेको आफ्नो लुक्स सार्वजनिक गरेकी छिन् । उनले सामाजिक सञ्जाल फेसबुकमा तपाईहरुको सम्झना भन्दै तस्बिर सार्वजनिक गरेकी हुन् । निमेष प्रधानले निर्देशन गरेको फिल्ममा आदित्य प्रधान र रेविका प्रधानको लगानी रहेको छ ।भारतको सिलगुडी छायाँकन भइरहेको छ ।
यो फिल्मको सिलगुडीपछि दार्ज्लििङ्ग र सिक्किममा छायाँकन हुनेछ ।