• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

कैलालीमा लागुऔषधको कारोवार रोक्न नेपाल– भारतका सुरक्षाकर्मी सक्रिय

धनगढी उपमहानगरपालिका वडा नम्बर २ बस्ने दीपेन्द्र सिहं सोमबार मात्रै लागु औषध ब्राउन सुगर सहित गौरीफन्टा नाकामा पक्राउ परे। गौरीफन्टा प्रहरी र एसएसबीको संयुक्त चेकजाँचका क्रममा सिंहलाई ६ दशमल ८ ग्राम ब्राउन सुगर सहित पक्राउ गरिएको थियो।

अहिले सिंह विरुद्ध भारतीय प्रहरीले नै मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अगाडी बढाएको छ। कैलालीमा सीमावर्ती भारतीय बजारबाट लागु औषध ओसारपसार गर्ने र सीमा क्षेत्रमै लुकीछिपी सेवन गर्नेहरुमाथि दुवै देशका सुरक्षा अधिकारीको समन्वयमा निगरानी बढाउदै नियन्त्रण अभियान थालिएको छ।

कैलालीमा पनि लागु औषध सेवन र ओसारपसारमा संलग्न भारतीय नागरिक पक्राउ परेका छन्। पछिल्लो समय मात्रै प्रहरीले तीनजना भारतीय विरुद्ध मुद्दा चलाएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले बताए। पछिल्लो समय भयावह बन्दै गएको लागु औषध दुव्र्यसनी रोक्न सक्रियता बढाईएको दावी उनको छ।

‘कैलाली प्रहरीले पछिल्लो चार महिनाको अवधीमा मात्र लागु औषध ओसारपसार र सेवनकर्ता समेत गरी ६९ जनालाई पक्राउ गरी मुद्दा चलाएको छ,’ उनले भने, ‘मंसिरमा मात्रै १२ जना पक्राउ परेका छन्। अहिले जिल्ला प्रहरी कार्यालयको हिरातमा एक सय २२ थुनुवा रहेकोमा ३४ जना लागु औषध सेवकर्ता र कारोवारी नै रहेका छन्।’

खुला सीमा नाकाका कारण कैलालीमा लागु औषध भयावह बनेको दावी गरिदै आएको छ तर अहिले भने नेपाल प्रहरी, सशस्त्र प्रहरी, भारतीय प्रहरी र एसएसबीको समन्वयमा सीमा क्षेत्रमा निगरानी बढाईएको छ। जिल्लामा भारतीय सीमा क्षेत्रबाट लागु औषध ओसारपसार गरी कारोबार गर्ने क्रम बढेपछि दुव्र्यसनीमा फस्नेहरुको संख्या पनि बृद्धि हुदै गएका बेला सक्रियता बढाईएको दावी गरिएको हो।

कैलालीमा लागु औषधको बिगबिगी हुनुको पछाडी सीमावर्ती भारतीय बजार नै प्रमुख कारक तत्व भएको कुरामा दुईमत नभएको प्रहरी अधिकारीहरुले बताउँदै आएका छन्। धनगढीमा सबैभन्दा बढि गौरीफन्टा नाका भएर लागु औषध भित्रिने गरेको छ भने कतिपय युवाहरु त लागु औषध सेवन गर्नकै लागि भारतीय बजार जाने गरेका छन्।

अहिले त्रिनगर नाकामा एसएसबी र गौरीफन्टा प्रहरीको नेतृत्व पनि फेरिएको छ। उनीहरुले पनि सीमामा संयुक्त चेकजाँचलाई निरन्तरता दिदै आएका छन्। सीमा क्षेत्रमा लागु औषधमा कडाई गरिएपछि अपराधिक गतिविधी नियन्त्रणमा समेत महत्वपूर्ण भूमिका खेल्न विश्वास गरिएको छ।

लागु औषध सेवनकर्ताको संख्या दिनप्रतिदिन बढ्दै गएपछि धनगढीमा चोरी डकैती, लुटपाट जस्ता घटनामा पनि बृद्धि भएको छ।

बिहिबार, मङि्सर १९, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.