धनगढी १० मंसिर । सुदूरपश्चिम महोत्सव २०७६ परिसरमा भायनेटले निशुल्क ईन्टरनेट सेवा दिने भएको छ । इन्टरनेट सर्भिस प्रोभाइडर भायनेट कम्युनिकेसन्स्ले कैलाली उद्योग वाणिज्य संघले हरेक बर्ष धनगढीमा मंसिर २२ देखि पुस २ गतेसम्म आयोजना गर्ने सुदूरपश्चिम महोत्सव हाई स्पीडको निशुल्क ईन्टरनेट सेवा दिने भायनेट कम्युनिकेसन्स धनगढीका शाखा प्रमुख अशोक खातीले जानकारी दिए ।
महोत्सव आयोजक कैलाली उद्योग वाणिज्य संघ र भायनेट कम्युनिकेसन्सका धनगढी शाखा प्रमुख अशोक खाती बिच निशुल्क ईन्टरनेट सेवा दिने सहमती पत्रमा हस्ताक्षर भएको छ । भायनेटले सम्पुर्ण महोत्सब परिसर स्टल तथा दर्शक मैदानमा निशुल्क ईन्टरनेट दिने भएको सम्झौता भएको हो ।
निशुल्क ईन्टरनेट सेवा दिएपछि दर्शकहरुलाई सुचना प्रबिधी संग जोडिन सजिलो हुने कैलाली उद्योग बाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले जानकारी दिए । भायनेट इन्टरनेट सुदूरपश्चिमको प्रमुख शहर धनगढीमा अहिले आकर्षण बढेको छ । यो नेट धनगढीम ईन्टरनेट प्रयोगकर्तामा रोजाईमा पहिलो भएको छ ।
