एजेन्सी ।
हङकङमा भइरहेको सरकारविरोधी प्रदर्शनका क्रममा एक १२ वर्षीय बालक पनि दोषी ठहर भएका छन्। उनी हङकङ आन्दोलनका क्रममा सरकारले दोषी ठहर गरेको अहिलेसम्मकै कान्छा प्रदर्शनकारी हुन्।
नाम सार्वजनिक नगरिएका ती बालक अक्टोबरमा भएको एउटा बृहत् प्रदर्शनको भोलिपल्ट विद्यालय जाने क्रममा पक्राउ परेका थिए। उनले प्रहरी स्टेसन र मेट्रो स्टेसनमा सरकारविरोधी नारा पेन्टिङ गरेको स्वीकारेका छन्। उनलाई अर्को महिना सजाय सुनाइने भएको छ। १२ वर्षीय बालकलाई अभियोग लगाइएको पहिलोपटक हो। बालकले अक्टोबरको पहिलो साता प्रहरी स्टेसनमा ‘धिक्कार छ धूर्त प्रहरी’ भन्ने शब्द सादा पोसाकका प्रहरीले देखेका थिए।