औषधि व्यवसायी सङ्घ कैलालीको प्रथम अधिवेशनबाट अध्यक्षमा जनकराज जोशी निर्विरोध चयन हुनुभएको छ ।
सङ्घको शनिबार धनगढीमा भएको अधिवेशनबाट जोशीको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति चयन भएको हो । त्यस्तै उपाध्यक्षमा प्रेमराज बिसी, महासचिवमा मधुकर कुश्मी, कोषाध्यक्षमा रमेश पाण्डे, सहकोषाध्यक्षमा द्वारिकाप्रसाद चौधरी, सचिवमा चन्द्रिकाप्रसाद चौधरी चयन हुनुभएको सङ्घले जनाएको छ । सदस्यमा खेमराज भट्ट, चन्द्रबहादुर रावल र ठाकुरप्रसाद चौधरी चयन हुनुभएको छ ।
निर्बिरोध निर्वाचित अध्यक्ष जोशीले आफूलाई निर्बिरोध हुन साथसहयोग दिनेहरुलाई धन्यवाद दिंदै भनेका छन् ुुनेपाल औषधि व्यवसायी संघ, कैलाली जिल्ला शाखाको प्रथम अधिवेशनबाट सर्वसम्मत रुपमा हामीहरूलाई पूर्ण विश्वास गरि यस क्षेत्रका औषधि व्यवसायीज्यूहरूले जुन जिम्मेवारी दिनु भएको छ त्यो जिम्मेवारी हामी पूरा गर्नेछौं र यहाहरुले कार्यकाललाई पूर्ण सफल बनाउन गर्नुहुने सल्लाहले हाम्रो मार्गनिर्देशन गर्नेछ र सफलता दिलाउने छ भन्नेकुरामा विश्वस्त छौं । अधिवेशनमा सहभागी भई कार्यक्रम सफल बनाई दिनुभएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछौं ।ुु
सर्वसम्मत निर्वाचितहरु यस प्रकार रहेका छन्।
अध्यक्ष -जनक राज जोशी
उपाध्यक्ष – प्रेमराज बी सी
कोषाध्यक्ष – रमेश पाण्डेय
महासचिव- मघुकर कुश्मी
सचिव- चन्द्रिका प्र।चौधरी
सहकोषाध्यक्ष – द्वारिका चौधरी
सदस्य – खेमराज भट्ट
,, – चन्द्र बहादुर रावल
,, – ठाकुर प्रसाद चौधरी