लायन्स क्लब अफ ग्रीनसिटी धनगढीद्वारा निशुल्क स्वास्थ्य शिविर आयोजना गरीएको छ। क्लबले धनगढी उपमहानगरपालिका–७ पटेला गाउँमा शनिबार निशुल्क मधुमेह तथा दात सम्बन्धि स्वास्थ्य शिविरको आयोजना गरेको छ।
स्वास्थ्य शिविरबाट करिब २ सय जनाले सेवा लिएको क्लबका अध्यक्ष गोबिन्द खतिवडाले बताए। उनले क्लबले पिछडिएका तथा दुर्गम ठाउँमा सामाजिक कार्य गर्ने हेतुले क्लबको स्थापना भएको बताउँदै पटेला गाउँलाई सफा सुघ्घगर र हरित बनाउने अभियानमा आफुहरु लागेको बताए।
उक्त शिविरमा धनगढीको श्रीनगर डेन्टल र खास फार्मेसीले स्वास्थ्य सहयोग गरेका छन्। सोही अवसरमा क्लबले वृक्षारोपण समेत गरेको क्लबमा अध्यक्ष गोबिन्द खतिवडाले जानकारी बताए। कार्यक्रममा लायन्स क्लबका डिस्ट्रीक एडभाइजर कैलाश दहालले क्लबले आयोजना गरेको कार्यक्रमको सर्हानिय भएको भन्दै कार्यक्रमको सफलताको कामना व्यक्त गरेका थिए।
