• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

टीकापुरमा ‘होम टू हस्पिटल कार्यक्रम’बाट राहत

‘होम टू हस्पिटल’ (घरदेखि अस्पताल )कार्यक्रम कार्यान्वयन गरिएसँगै टीकापुर नगर क्षेत्रमा गर्भवती महिलालाई समयमै स्वास्थ्य संस्थामा पुगेर प्रसूति सेवा लिन सहज भएको छ।

टीकापुर नगरपालिका कार्यालयको पहलमा प्रसूति सेवा लिने महिलाको स्वाथ्योपचारलाई लक्षित गरी नगर क्षेत्रमा शुरु गरिएको यो सेवाबाट समयमै प्रसूति तथा उपचार सेवा पाउन सहज भएको हालै सेवा लिनुभएकी टीकापुर वनगाउँकी लक्ष्मीकैली कुश्मीलेले बताईन्।

“कार्यक्रमले बेथा लागेका महिलालाई तत्कालै अस्पतालसम्म पुग्न सहज हुँदा राहत महसुस भएको छ”, कुश्मीले भनीन, “रातिको समयमा प्रसूतिको बेथा लागेका महिलालाई अस्पताल पुग्न सवारीसाधन नभेट्टाउँदा यसअघि कैयौँ महिलाले घरमै बच्चा जन्माउनुपर्ने बाध्यता थियो।” ‘होम टू हस्पिटल’ कार्यक्रमबाट निःशुल्क सेवा पाउँदा राहत मिलेको दुई दिन अघि टीकापुर अस्पतालमा प्रसूति सेवा लिनुभएकी मीना ठकुल्लाले बताईन्। कार्यक्रमबाट खास गरी आर्थिक अवस्था कमजोर भएका परिवारलाई बढी लाभ पुगेको छ।

बेथा लागेका महिलालाई सुत्केरी हुन अस्पताल आउन सजिलो होस र कुनै खाले शारीरिक जोखिम नरहोस भन्ने उद्देश्यले होम टू हस्पिटल कार्यक्रम सञ्चालन गरिएको नगरपालिका कार्यालयका स्वास्थ्य शाखाका संयोजक बलबहादुर रावलले बताए। कार्यक्रमअन्तर्गत बेथा लागेका महिलालाई एम्बुलेन्समार्फत तत्काल घरदेखि अस्पतालसम्म निःशुल्करुपमा पु¥याउने गरिन्छ। गएको एक वर्षको अवधिमा नगर क्षेत्रका २७ आमाले सेवा लिइसकेका संयोजक रावलले जानकारी दिए।

बेथा लागेका महिलालाई समयै अस्पताल पु¥याउन नसकेकै कारण विगतका वर्षमा घरमा नै प्रसूति हुनुपर्ने वाद्यताका कारण कतिपयको स्वास्थ्यमा विभिन्न खालको जटिलता देखिने गरेको थियो। “यो कार्यक्रम शुरु भएसँगै सुत्केरी आमाले ज्यान गुमाउनु परेको छैन्।” स्वास्थ्य शाखा संयोजक रावलले बताए। नेपाल रेडक्रस सोसाइटी टीकापुर शाखालाई नगरपालिकाले उलब्ध गराएको एम्बुलेन्समार्फत यो सेवा सञ्चालन गरिएको हो।
नगर क्षेत्रमा सञ्चालनमा रहेका सबै एम्बुलेन्सलाई यो सेवामा समावेश गर्ने प्रयासमा रहेको रेडक्रस सोसाइटी टीकापुर उपशाखाका जगदिश्वर पण्डित बताए। नगरपालिका र रेडक्रसबीच भएको द्विपक्षीय सम्झौताबमोजिम बेथा लागेका महिलालाई घरदेखि अस्पतालसम्म पु¥याउने कार्यक्रम कार्यान्वयनमा आएको हो।

गर्भवती आमालाई टीकापुर अस्पतालका साथै प्रसूति केन्द्र ९बर्थिङ सेन्टर० मा पु¥याइदिएबापत एम्बुलेन्सलाई नगरपालिकाले इन्धनको सहयोग गरिरहेको छ। यस वाहेक एम्बुलेन्स मर्मत, व्यवस्थापन तथा चालकको पारिश्रमिकको व्यवस्था गरिएको छ। यो कार्यक्रम कार्यान्वयनबाट समयमै प्रसूति उपचारको भई मातृ तथा शिशु मृत्यु दर घटाउन मद्दत पुग्न थालेको स्वास्थ्यकर्मीको भनाइ छ।

-रासस

शनिबार, मङि्सर ०७, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.