डडेल्धुरा, ३ मसिंर ।
सडक सञ्जालमा नजोडिदा डडेल्धुराको भित्री मधेशका स्थानीय समस्यामा छन् । अढाई दशकदेखि सडकको प्रतिक्षामा रहेका उनीहरु पैदल हिडेर जीवन बेतित गर्न बाध्य छन् । २०५० सालमै मोटर बाटो पुग्ने कुरो सुनेका ग्वान्नीका जयबहादुर बोहरा अहिलेसम्म बाटो नपुग्दा जिल्ल त छन नै, साथै आक्रोस पनि बढेको छ ।
भित्री मधेशलाई पहासंग जोड्ने छोटो दूरीको जोगबुुढा शीर्ष रुपाल सडक निर्माण सुरु भएको २६ बर्ष बितिसक्यो । बोहरा अहिलेपनि परशुराम नगरपालिकाको कटाल बजारबाट दिनभरीको पैदल बाटो हिडेर नून तेल बोक्न बाध्य छन । महाभारतको सबैभन्दा उचाइमा रहेको बोहरा मात्र होइन तीन दर्जन बढी गाउ“का बासिन्दाले यसरी नै दैनिक उपभोग्य वस्तुका लागि दिनभरिको पैदल बाटो तय गर्नुपर्छ ।
‘तत्कालीन जोगबुढा गाविसले शीर्ष हु“दै रुपाल जोड्ने सडक योजना सुरु गरेपछि ग्वान्नीका बोहरामात्रै होइन तराई पहाड पैदल मार्गमा पर्ने ३ दर्जन गाउ“का बासिन्दाले आफ्ना दिन फिर्ने कल्पना गरेका हुन’ लेक क्षेत्रका अगुवा चक्र नाथले भने–‘महाभारतको लेकाली क्षेत्रका गाउ“मा उब्जनी हुने फलफूल र तरकारी बिक्री गरेर जीवन स्तर सधार्ने यस क्षेत्रका बासिन्दाले देखेको सपना अहिलेसम्म पूरा हुन सकेन ।’ २६ वर्षमा एकपछि अर्को सडक योजना सुरु भयो, हेर्दाहेर्दै भित्री मधेश जोड्ने ११ वटा सडक योजना सुरु भए तर कुनैपनि योजनाले महाभारत छुन नसकेको उनले गुनासो गरे ।
हुनपनि राष्ट्रिय गौरवको महकाली कोरिडोर र मदन भण्डारी राजमार्गदेखि प्रदेश तथा स्थानीय सरकारले प्राथमिकतामा राखेका एक दर्जन सडक योजनामा ३ अर्ब भन्दा बढी रकम खर्च भइरहेको छ । महाभारत छिचोलेर डडेल्धुराको सदरमुकाम र भागेश्वर गाउ“पालिका जोड्ने यी सडकमा वर्षौदेखि यसरी नै बजेट खर्च भइरहेको भएपनि प्रगति भने शून्य जस्तै छ ।
महाकाली नजिकको वलका“डेका स्थानीय बासिन्दा तथा भागेश्वर गाउ“पालिका १ का वार्ड सदस्य कामदेव नाथले भने ‘१५ वर्षमा भित्री मधेश र पहाड जोड्ने सडकका नाममा खर्च भएको बजेट हेर्ने हो भने दुइ अर्ब बढी हुन्छ तर प्रगति हेर्ने हो भने लाजलाग्दो अवस्था छ ।’
यस क्षेत्रमा योजना पनि ठूल–ठूला छन । मदन भण्डारी राजमार्गको जिरो प्वाइण्ट मानेर साविक रुपाल गाविसदेखि महाभारतको मथिल्लो क्षेत्र हु“दै निर्माण हुने सडकका लागि तीन अर्ब बढी रकम छुट्टयाइएको छ ।
योजना आयोगका उपाध्यक्ष डा पुष्प क“डेलले डडेल्धुराको जोगबढामा जानकारी दि“दै भने ‘महाकाली कोरीडोरका लागि पनि यसै बर्ष देखि काम सुरु हुने गरी दुई अर्ब बढी बजेट छुट्टयाइएको छ ।’ महाकाली करिडोर र मदन भण्डारी राजमार्ग दुवै महाभारत छिचोलेर तराइ जोडिने राजमार्ग हुन । डडेल्धुराको रुपाल देखि झापासम्मको मदन भण्डारी राजमार्गको निर्माण पश्चिमबाट सुरु हुने सरकारले नीति तथा कार्यक्रममा समेत उल्लेख गरेको थियो । यी दुई संघीय सरकारका सडक योजना बाहेक प्रदेश र स्थानीय सरकारले प्राथमिकतामा राखेका एक दर्जन अरु सडकमा पनि करोडौं विकास बजेट खर्च भइरहेको छ ।
भागेश्वरको रुपालदेखि जोगबुढा जोड्ने दुईवटा बेग्लाबेग्लै सडकमा प्रदेश सरकारले यस वर्ष १ करोड बढी बजेट छुट्टयाएको छ । रुपालदेखि बलका“डे गाउ“ हँुदै जोगबुढा जोड्ने एउटा र रुपालदेखि गुयला लेक हँुदै जोगबुुढा जोड्ने अर्को सडकमा उक्त रकम खर्च भइरहेको छ । डडेल्धुरा सदरमुकाम अमरगढी हुदै चिर्किटे भएर भित्री मधेश जोड्ने अर्को सडकमा पनि प्रदेश सरकार र स्थानीयत सरकारको एक करोड बढी बजेट खर्च भइरहेको छ ।
भित्री मधेशको आलीताल गाउ“पालिकाको घुम्तदेखि महाभारतको चौड वण्डली हु“दै अमरगढी जोड्ने सडकमा पनि एक करोड बढी रकम यस आर्थिक वर्षमा छुट्टयाइएको छ । प्रदेश सरकार , आलिताल गाउ“पालिका, भागेश्वर गाउ“पालिका र अमरगढी नगरपालिकाले यी सडकमा खर्च गरिरहेको छ ।
परशुराम नगरपालिकाको १७ लाख, सडक निर्माण गरिरहेको सरकारी परियोजना ¥याप तेस्रोको २० लाख बजेट रहेको जोगबुढा, शीर्ष थपलादेखि रुपाल जोड्ने यद्देश्यले एउटा अर्को सडक निर्माणाधीन रहेको छ । यसैसंग जोडिएको अर्को जोगबुढा कलेना चिर्किटे सडकमा प्रदेश सरकारले यसै वर्ष ६० लाख रुपैयाँ खर्च गरिरहेको छ । डडेल्धुरा सदरमुकाम र आलीताल गाउ“पालिकाको घुम्तीदेखि दुवैतिरबाट डेढ करोड भन्दा वढी बजेट रहेको सडक पनि निर्माणाधीन रहेको छ ।
‘कस्ता जनप्रतिनिधि हुन कस्ता प्राविधिक हुन बुझ्नै सकिदैन’ असिग्राम मावि रुपालका शिक्षक आरडी जोशीले भने–‘भित्री मधेश जोड्ने दुई वटा सडकको आवश्यकता थियो तर विभिन्न उद्देश्यले महाभारतका डा“डामा डोजरको आत“क फैलिएको छ ।’ आलीताल गाउ“पालिकादेखि डडेल्धुरा सदरमुकाम जोड्ने एउटा सडक र परशुराम नगरपालिकाकादेखि सदरमुकाम जोड्ने अर्को सडक भए पुग्ने ठाउ“मा दर्जन बढी सडकका नाममा विकास बजेटको दुरुपयोग भइरहेको उनले बताए ।
दुई तीन किलोमिटरको फरकमा बनिरहेका सबै सडकको गन्तब्य एउटै छ शिक्षक जोशीले भने ‘विगतको तराई पहाड जोड्ने दुई वटै पैदल बाटोलाई आधार बनाएर सडक निर्माण सुरु भएको भए अहिलेसम्म भित्री मधेश र पहाड नजिक भइसक्ने थियो ।’ शिक्षक जोशीले भने जस्तै कुनैपनि सडक योजनामा बजेट सदुपयोग हुन नसकेका कारण अहिलेसम्म भित्री मधेश र पहाड यातायातले जोडिन नसकेको हो ।
भित्री मधेशदेखि डडेल्धुराका पहाडी क्षेत्र सडक यातायातसंग जोडिन हो भने तराई र पहाडको दूरी झण्डै एक सय किलोमिटर कम हुन्छ । कंचनपुरको दैजीदेखि भित्री मधेशको जोगबुढासम्म ३१ किलोमिटर र जोगबुढादेखि डडेल्धुरा सदरमुकामसम्म ५० किलोमिटर गरि ८१ किलोमिटर हुन्छ । सहायक इञ्जिनीयर हरि भण्डारी भन्छन्–‘डडेलधुरा मात्र होइन बैतडी , दार्चुला र बझा“गको तराइ सम्मको दुरी पनि निकै कम हुन्छ ।’
हुन पनि बितेका २६ वर्षमा धेरै परिवर्तन भयो तर महाभारत पर्वत छिचोल्दै भित्री मधेशलाई जोड्ने सडक निर्माण हुन नसक्दा यस क्षेत्रका मानव बस्तीमा भने कुनै परिवर्तन हुन सकेको छैन । महाभारत क्षेत्रमा रहेको ठूलो जनसंख्याले अहिले पनि कठीन जीवन यापन गरिरहेका छन ।
‘डडेल्धुरा, बैतडी र दार्चुलाको महाकाली जलाधार क्षेत्रका बासिन्दाको जीवन स्तरमा सुधार हुन नसक्नुको प्रमुख कारण नै यातायातले छुन नसक्नु हो’ महाभारत संरक्षण अभियानका संयोजक जयराज पनेरुले भने–‘निर्माणाधीन सडक र राजमार्गमा हुने दुरुपयोग रोकिए दुइ बर्षमै सवै सडक योजना पुरा हुन सक्छन । ’