कञ्चनपुर, मंसिर २
बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ बर्षिया बालिका निर्मला पन्त प्रकरणमा सार्वजनिक गरिएका दिलिप विष्टमाथी पुनः अनुसन्धानको माग अघि सारिएको छ ।
निर्मलाकी आमा दुर्गादेवी पन्तले आफुले किटानी जाहेरी दिदा समेत दिलिपमाथी कुनै अनुसन्धान नभएको दुखेसो पोखिन् । दुर्गाले दिलिपले नै निर्मलाको हत्या गरेको भन्दै गत २२ भदौँमा जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिदा समेत प्रहरीले वेवास्ता राखेको भन्दै सिडिओ समक्ष दुखेसो पोखिन् ।
सोमबार निर्मलाकी आमा दुर्गाले कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी शुशिल कुमार बैद्यलाई भेटेरै छोरीका हत्यारा सार्वजनिक गर्न र शंस्कास्पद व्यक्तिमाथी अनुसन्धान गरिदिन माग राखेकी छिन् ।
‘प्रहरीले लिएको बयानमा दिलिपले हत्या गरेको स्वीकार गरेका छन, जुन जुन विषय उतिबेला बोले त्यही विषय अहिले पनि बोलिरहेका छन्, ‘निर्मलाकी आमा दुर्गाले भनिन, ‘गत बर्ष बोलेका वियष र अहिले बोलेका विषय पुरै मिलेका छन् ।’ दुर्गाले दिलिप आफ्नै घरवरिपरी आउँदा डर लाग्ने र सार्वजनिक स्थलमा समेत आफैले निर्मलाको हत्या गरेको हुँ, भनेर बोल्दा समेत प्रहरीले उनीमाथी समान्य केरकार नगरेको बताईन् ।
‘मैले प्रहरीलाई दिपिप विष्टका नाममा किटानी जाहेरी दिएको तीन महिना वितिसक्यो, त्यसमा कुनै पहल समेत भएन्, ‘उनले भनिन, ‘छोरीका हत्यारा खोज्नमा कञ्चनपुर प्रहरी निरही बन्यो ।’ आफुले शंका लागेका दिलिपमाथी पनि अनुसन्धान नहुुनु, यदी अर्को हत्यारा हो, भनेपनि नखोजिनुले हत्यारा खोज्न प्रहरीले लाचारपन देखिएको दुखेसो पोखिन् । दुर्गाले दिलिप विष्ट बिरुद्ध थुप्रै तथ्य प्रमाण हुँदा समेत प्रहरीले आनाकानी गरिरहेको बताएकी छिन् ।
छोरी गुमाएको पीडा आफुलाई पिरोलीरहेको दुखेसो पोख्दै कतिपय अधिकारकर्मीले निर्मलाको नाममा डलर पचाएर साईड लागेको दुर्गाले आरोप लगाउदै आएकी छिन् ।
४ भदौँ ०७५ मा प्रहरीले भीमदत्त नगरपालिका १९ बागफाँटाका ४१ बर्षिय दिलिप विष्टलाई प्रहरीले सार्वजनिक गर्दा निर्मलाकी आमा दुर्गा स्वयमले दिलिप हुनै नसक्ने भन्दै जिकिर गरेकी थिईन् ।
पछि दिलिपबाट प्रहरीले लिएको बयान लगायतका विभिन्न संचार माध्याममा दिलिप बोल्दा निर्मलाको हत्या दिलिपले गरेको हुनसक्ने दुर्गाले आशंका गरेरै दिलिप बिरुद्ध किटानी दिएकी थिईन् ।
‘मलाई उतिबेला दिलिपले निर्मलाको बलात्कार र हत्या गरेको जस्तो लाग्दैन्थ्यो, ‘उनले भनिन, ‘पछि उनका भिडियो, कृयाकलापबाट दिलिप नै हो, कि भनेर शंका लागेर उजुरी दिए, उजुरी प्रहरीले छानबिन गर्नुको साटो थन्क्याएको छ ।’ दिलिप विष्टको उतिबेला डिएनए नमिलेपछि सरकारी वकिल कार्यालयको निर्देशनमा प्रहरीले छाडेको थियो ।
उतीबेलै प्रहरीले छाडिएका वा समात्न बाँकी रहेका व्यक्ति मध्ये कोहीपनि हत्यारा हुनसक्ने भनेको थियो । निर्मलाकी आमा दुर्गादेवि संग कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी शुशिल कुमार बैद्यले निर्मलाका बलात्कार हत्यारा पत्ता लगाएरै सार्वजनिक गरिने आश्वासन दिएका थिए ।
प्रजिअ खडकाले घटनाको अनुसन्धान भईरहेको भन्दै किटानीका विषयमा प्रहरीलाई गम्भिर हुन आग्रह गर्ने आवश्वासन दिए । प्रजिअ बैद्यले निर्मलाको घटनामा सुरक्षा संयन्त्र लागि परेको समेत बताए ।

निर्मला हत्याकाण्डको अनुसन्धानका लागि शंकास्पद ७० भन्दा बढि व्यक्तिको रगतको नमुना लिएर डिएनए परीक्षण गरेपछि कसैको निर्मला मेल खाएन् । डिएनए विज्ञ जिवन रिजाल नेतृत्वको टोलीले डिएनए भन्दा पनि ह्युमन ईन्टेलीजेन्सको विधिबाट अपराधी पत्ता लगाउनुपर्ने निष्कर्ष सहित गृहमन्त्रालयमा प्रतिवेदन बुझाएको छ । घटना भएको बर्ष प्रहरीले निर्मलाको हत्यारा खोज्नका लागि तदारुकता देखाएपनि अहिले कञ्चनपुर प्रहरीले कुनै पहल समेत नगरेको निर्मलाकी आमाको दुखेसो छ ।
कञ्चनपुरका प्रहरी प्रमुख दिनेश आर्चायले निर्मला घटनाको अनुसन्धान जारी रहेको बताए । ‘हामी अनुसन्धान गरिरहेका छौँ, ‘उनले भने, ‘निर्मलाकी आमाले दिएको किटानीको विषयमा समेत हामीले कानुनी प्रकृया अघि बढाएका छौँ ।’ निर्मला हत्या भएको झण्डै १५ महिना वितिसक्दा पनि प्रहरीले अझैसम्म पनि वास्तविक हत्यारा पत्ता लगाउन सकेको छैन् । दिलिप विष्ट सार्वजनिक गरिएपछि होईन भनेर गरिएको आन्दोलनमा १३ बर्षिया सन्नी खुनाले ज्यान गुमाए, १९ बर्षिय अर्जुन भण्डाराले खुट्टा गुमाएका थिए । दर्जनौँ घाईते भएका थिए । तीनै सरकारले निर्मलाको परिवारलाई नगद १८लाख रुपैया राहत दिएको थियो । स्थानीयले समेत निर्मला घटनाको सुक्ष्म, सत्यतथ्य छानबिन गरेर वास्तविक दोषिलाई मात्रै कानुनी दायरामा ल्याउन माग अघि सारेका छन् ।
