धनगढी २ मंसिर
सुदूरपश्चिम प्रदेश सरकार, उधाेग पर्यटन वन तथा वातावरण मन्त्रालयले नेपाल अाईडियल सिजन २ का बिजेता रवी वडलाई सुदूरपश्चिमकाे पर्यटनदुतमा नियुक्त गरेकाेछ ।
कन्चनपुरकाे महेन्द्रनगरमा अायाेजित सप्तरंग २ कार्यक्रममा उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्टले रबी ओड लाइ प्रदेशको पर्यटन दुतका रूपमा नियुक्त गरेकाे घाेषणा गर्दै प्रमाणपत्र दिएकाहुन ।
कार्यक्रमका प्रमुख अतिथि मन्त्री भट्टले भिजिट नेपाल २०२० लाई सफल बनाउने उद्वेश्यले अाईडियल वडलाई सुदुरपश्चिम प्रदेशकाे पर्यटनदुतमा नियुक्त गरेको वताउनु भएकाे छ ।
सरकारले सन् २०२० मा २० लाख पर्यटकलाई भित्र्याउने लक्ष्य सहित ‘भिजिट नेपाल २०२०’ घोषणा गरी तिब्र रुपमा प्रचारात्मक कार्य अघि बढाइरहेको बेला सुदूरपश्चिम सरकारले वडलाई पर्यटनदूतको रुपमा नियुक्त गरेकाे हाे । अाफ्नाे कलाकारिताका माध्यमवाट देश विदेशमा सुदूरपश्चिम को पर्यटकीय क्षेत्र, संस्कृति, रहन सहन तथा स्थानीय उत्पादन हरुको प्रचार प्रसार मा सहयाेग पुग्ने उद्वेश्यले उनलाई पर्यटन दुतमा नियुक्त गरिएकाे मन्त्री भट्टले वातानुभयाे ।
यसका साथै पर्यटन भम्रण वर्ष २०२० सफल पार्न प्रदेश स्तरमा विभिन्न कार्यक्रम अघि सारिएकाछन । सुदुरपश्चिम प्रदेश सरकारले पर्यटन वर्ष २०२० लाई सफल बनाउन यसअघिनै प्रदेश स्तरिय समिति बनाएर कार्य अघि बढाएको छ ।