ईन्दु धामी
कञ्चनपुर
कञ्चनपुरमा सीमा अतिक्रमण विरुद्ध दोस्रो चरणको साहित्यिक कार्यक्रम गरिएको छ।सीमा अतिक्रमण विरुद्ध कञ्चनपुरका साहित्यिकारहरुले दोस्रो चरणको कार्यक्रममा आज महेन्द्रनगरको मदनचौकमा सम्पन्न गरेका छन।
भर्खरै भारत र नेपाल बीच भईराखेको सीमा विवादका मुद्दामा साहित्य का माध्यम बाट पनि आवाज उठाउन सकिने भएकाले पहिलो चरणको उक्त साहित्यक कार्यक्रम गत कार्तिक २५ गते नेपाल भारत नाका गड्डाचौकि मा गरिएको थियो।
कलम ले कोरिएका विभिन्न किसिमका देशप्रति चिन्ताजनक भावना पोख्दै सबै नेपाली मिलेर आ आफ्नो स्थानबाट देशलाई बचाउनु पर्छ भन्ने उदेश्य का साथ कार्यक्रम को आयोजना गरिएको साहित्यकार रमेश पन्त (मितबंन्धु) को भानाई छ।