काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानी ज्ञानेन्द्र मल्लले पाएका छन्। बुधबार बसेको नेपाल क्रिकेट संघ (क्यान)को बोर्ड बैठकले ज्ञानेन्द्रलाई कप्तानको जिम्मेवारी दिएको महासचिव अशोक प्याकुरेलले जानकारी दिए।
पारस खड्काले कप्तानबाट राजीनामा दिएपछि नेपाली टिम नेतृत्वविहिन थियो।