धनगढी,१३ कार्तिक– बी एण्ड आर कप महिला क्रिकेटका लागि नेपाली यू(१९ टिम घोषणा भएको छ । डोली भट्टलाई कप्तानीको जिम्मेवारी दिइएको छ ।
टोलीमा कविता कुँवर, कृतिका मरासिनी, यसोदा विष्ट, रवि पोद्दार, राजमति ऐरी, इश्वरी विष्ट र लक्ष्मी साउद छन् । यस्तै सुशी डंगोल, हिसिला लामा गुरुङ, ज्योति दनुवार, निगम तामाङ, शिला क्षत्री, लक्षीता रायमाझी, गोमा आले, पेम लामु शेर्पा, मनिशा मगर र सृष्टि पौडेल छन् । १४ मध्ये चार जनालाई बैकल्पिकमा पर्नेछन् ।
नेपाली टोली ७ नोभेम्बरमा चीन प्रस्थान गर्नेछ । ११ नोभेम्बरबाट साइघाईमा सुरु हुने प्रतियोगितामा साउदी अरेविया, थाइल्याण्ड, मलेसिया, म्यानमार र घरेलु टोली चीन सहभागी छन् । नेपालको पहिलो खेल थाइल्याण्डमा हुनेछ ।