धनगढी, ६ कातिक
सुदूरपश्चिम प्रदेशको एकमात्र ठूलो सेती अञ्चल अस्पतालमा जन्मीने वित्तिकै मर्ने शिशुको संख्या देशमै उच्च रहेको छ ।
स्वास्थ्यका क्षेत्रमा क्रियाशिल गेल्डेन नेपाल नामक संस्थाले मंगलबार सार्वजनिक गरेको नतिजाले सेती अंचल अस्पताल नयाँ जन्मको मृत्यू हुनेमा देशमै दोश्रो सरकारी अस्पताल हो ।
सेती अञ्चल अस्पतालमा प्रतिहजार जिवित जन्ममा जन्मीने वित्तिकै २९ दशमलव ७ जना जन्मीने बित्तिकै मर्ने गरेका छन् । भेरी अंचल अस्पताल पहिलोमा छ । यहाँ प्रतिहजार जिवित जन्ममा जन्मीने वित्तिकै ३५ जना शिशुको मृत्यू हुन्छ । अनुसन्धानमा ९ जना सरकार बिज्ञ चिकित्सकहरु संलग्न रहेका छन् ।
यो अनुसन्धानमा कोशी अस्पताल, जनकपुर अञ्चल अस्पताल, भरतपुर अस्पताल, लुम्बीनी प्रादेशीक अस्पताल, भेरी अंचल अस्पताल, कर्णाली प्रादेशीक अस्पताल, सेती अंचल अस्पताल, डडेल्धुरा उप–क्षेत्रीय अस्पताल गरेर ८ वटा सरकारी अस्पतालमा अनुसन्धान गरिएको गेल्डेन नेपालका सञ्चार विज्ञ सृजना शर्माले बताईन ।
शर्माका अनुसार सबैभन्दा राम्रो अवस्था उप–क्षेत्रीय अस्पताल डडेलधुराको रहेको छ । यहाँ प्रतिहजार नयाँ जन्ममा ४ जना शिशुको मृत्यू हुने गरेको छ । त्यसैगरी कोशीमा १२, जनकपुरमा १२, लुम्वीनिमा ११, भरतपुरमा ७ र कर्णालीमा ५ जना नयाँ जन्मको मृत्यू हुने गरेको छ ।
स्वास्थ्य मन्त्रालयका पूर्व सचिव डाक्टर सुशिलनाथ प्याकुरेलका अनुसार स्वास्थ्यकर्मीको लापर्वाही, प्रशुती गराउने ठाउँको अवस्था र स्वास्थ्यकर्मीहरुमा तत् सम्वन्धी तालिमको अभावले जन्मीने वित्तिकै मर्ने नयाँ जन्मको संस्था बृद्धी भएको हुन सक्छ ।
सेती अञ्चल अस्पतालमा अब्यबस्थीत प्रशुतीवार्ड, स्वास्थ्यकर्मीको लापर्वाही जस्ता कुराले नयाँ जन्मको मृत्यूदर उच्च देखिएको अनुसन्धानले देखाएको छ ।
नयाँ जन्मको मृत्यूदर घटाउनका लागि अनुसन्धान गरिएका सरकारी अस्पतालमा सुसार कार्यक्रम गत बैशाक महिनाबाट सुरु गरिएको अनुसन्धानकर्ता डाक्टर आशिस केशीले बताए ।
उनले भने, सेती अञ्चल अस्पलातमा अहिले सम्म पनि कार्यक्रम सुरु गर्ने वातावरण बनेको छैन । यस कार्यक्रम अन्तरगत एउटा सरकारी अस्पतालमा ४ वटा तालिम प्राप्त स्वास्थ्यकर्मी र शिसुको पेटभित्रै मुटुको धडकन थाहापाउने मेसिन मोयो र जन्मीने वित्तिकै मुटुको धडकन थाहापाउने मेसिन नियोविट समेत उपलब्ध गराईने पनि डाक्टर केशीले बताए ।