• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

आजको पत्रपत्रिका : प्रदेश प्रमुख मल्लले तिरेनन् धितो राखी लिएको ऋण, आफ्नै जग्गा किन्दै किसान

३ कात्तिक, काठमाडौं ।

कांग्रेस नेता तथा पूर्वमन्त्री अफताब आलमको अपराध श्रृंखलादेखि घरजग्गा कारोबार, सुदूरपश्चिम प्रदेश प्रमुख मोहनराज मल्लको बेइमानीसम्मका विषय आजका दैनिक पत्रिकाहरूको ‘हेडलाइन’ बनेको छ ।

कान्तिपुरले ‘न्याय खोज्दाखोज्दै मारिइन् आमा’ शीर्षक दिएर अफताब आलमका अपराधबारे लेखेको छ । समाचार अनुसार रौतहटको राजपुरमा १२ वर्षअघि भएको बम विस्फोटपछि इँटाभट्टामा जलाइएका छोराको न्यायका लागि रूक्सानाले भरमग्दुर प्रयास गरेकी थिइन् । आर्थिक प्रलोभन, धम्की र दबावका बाबजुद पनि उनी पछि हटेकी थिइनन् । तर, पछि उनको गोली हानी हत्या भयो ।

आलमले आफ्नो राजनीतिक स्वार्थ पूरा गर्न चलाएको अपराध छोप्न एकपछि अर्को अपराध गरेका थिए । केही दिनअघि पक्राउ परेका उनका अपराधका श्रृंखला सार्वजनिक भएपछि उनलाईमाथि सजाय हुनुपर्ने माग उठिरहेको छ ।

कान्तिपुरमै सुदूरपश्चिम प्रदेश प्रमुख मोहनराज मल्लले गरेको ज्यादतिको अर्को समाचार पनि छ । समाचार अनुसार मल्लले लालपुर्जा राखी लिएको ऋण नतिरिदिएपछि कैलालीका ४० किसानले दोब्बर रकम तिरेर आफ्नो जग्गा फुकुवा गराउन थालेका छन् । साढे तीन दशकअघि आफूहरूको लालपुर्जा नेपाल बैंकमा धितो राखी मल्लले ऋण लिएर नतिरेपछि रोक्का जग्गा फुकाउन उनीहरूले सुरु गरेका हुन् ।

मल्लले आर्थिक वर्ष ०४१–४२ मा लललाइफकाइ र केहीलाई दबावमा पारी ५२ किसानको लालपुर्जा लिई धितो राखेर बैंकबाट ऋण लिएका थिए । त्यतिबेला अरूको जग्गा धितो राखेर ऋण लिन पाइन्थ्यो । यसलाई तेस्रो पक्ष धितो भनिन्छ । अहिले त्यो व्यवस्था राष्ट्र बैंकले खारेज गरिसकेको छ ।

मल्लले ऋण नतिरेपछि ०४७ देखि उनी र उनका भाइ मदनबहादुरलाई बैंकले कालोसूचीमा राखेको छ । जग्ग भोगचलन गर्न पाए पनि किसानले किनबेच, अंशबन्डा र बैंकिङ कारोबार गर्न नपाएको समाचारमा उल्लेखख छ ।

रेसुंगा नगरपालिकाको रूखको तस्वीर छापेको अन्नपूर्णले घरजग्गा कारोबारबारे पनि सोधीखोजी गरेको छ । समाचार अनुसार ऋणमा लगाम लागेपछि व्यवसाय घटेको छ ।

बैंक तथा वित्तीय संस्थाको ऋण भुक्तानीमा घरजग्गा व्यवसायी दबाव झेलिरहेका छन् । उनीहरू बजार उठ्ने आसमा एउटा बैंकबाट ऋण लिएर अर्कोको भुक्तानी गरिरहेको समाचारमा उल्लेख छ ।

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्डले अर्का अध्यक्ष केपी शर्मा ओलीबाट धोका भएको गुनासो गर्न थालेको दाबी नागरिकले गरेको छ । समाचार अनुसार उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेललाई भेटेर एकताका बेला भएको समझदारी सम्झाएका छन् ।

निवर्तमान सभामुख कृष्णबहादुर महराले सांसदबाट राजीनामा नदिने राजधानीले लेखेको छ । राजधानीका अनुसार महराले आफू नेकपाको सदस्य नभएकाले पार्टीको निर्देशन नबान्ने आफूनिकटसँग बताएका छन् ।

हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज:

आइतबार, कार्तिक ०३, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.