असोज ३०
अछामको चौरपाटी गाउँ पालिकाका बिधालय भवन ठेक्काको दरभाउ पत्र च्यात्ने ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
चौरपाटी गाउँपालिकाका शान्ति माबी मार्कुको ८२ लाख ५० हजार ८२५ र दयापिपल तोला माबी लुङ्राको ८३ लाख ८० हजार ५३ रकमको दर्ता भएका टेण्डर च्यात्ने चौरपाटी गाउपालिका वडा नम्बर ४ पायल निवासी बम बहादुर धामी , अनिल कुवर र वडा नम्बर ७ मार्कुका धन बहादुर बोगटी लाइ प्रहरीले पक्राउ गरेको हो ।
कांग्रेस निकटका निर्माण ब्यबसायी रामबहादुर खड्काले कम मूल्यमा टेन्डर हालेको र उनैले ठेक्का पाउने थाहा पाएपछि नेकपा निकटका ठेकेदार बमबहादुर धामीले आक्रोशमा आएर सबै कागज च्यातेको प्रत्यक्षदर्शीहरुले जनाएका छन् ।
बमबहादुर धामिको नेतृत्वमा तानाशाही प्रवृत्तिले कार्यालय भित्रै पसेर दर्ता भएको टेन्डर च्यात्तिएको थियो ।
मध्यान्ह१२ बजे दर्ताको समय सकिएको र दिउँसो २ बजे टेन्डर खोल्ने क्रममा उक्त अराजक समुहले टेन्डर च्यातेको हो ।
उक्त कार्यमा संलग्न तिनै जनालाइ जिल्ला प्रहरी कार्यालय अछाम ल्याइएको इलाका प्रहरी कार्यालय साफेका प्रहरी निरीक्षक नरपती भट्टले बताए ।
यस्तै बिच निमार्ण ब्यवसायी सघ अछामले चौरपाटी गाउपालिकामा भएको टेण्डर प्रकृया अवरोध प्रति आपत्ति जनाएको छ । प्रेस बिज्ञप्ती मार्फतसंघले चौरपार्टी गाउँपालिकामा भएको टेण्डर प्रकृयामा केहि उछृखल ब्यक्तिहरुले टेण्डर खोल्ने क्रममा दर्ता भएका टेण्डरहरु च्यातेर फाली टेण्डर प्रकृयामा अवरोध पुरयाएकोले उक्त कार्यको निमार्ण ब्यवसायी संघ अछाम घोर निन्दा एवम भत्र्सना गर्दछ भनेको छ । साथै संघले दर्ता भएका टेण्डर च्यात्ने ब्यक्तिीलाई कानुनी कार्वाहिका लागी जोडदार माग गरेको छ ।