• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

‘छ माया छपक्कै’:२५ फिल्म फ्लपपछि हिट हिरोइन केकीअधिकारी

काठमाडौं ।

नेपाली फिल्मी क्षेत्रमा रुचाइएकी अभिनेत्रीको सूचीमा अटाएकी अभिनेत्री हुन् केकी अधिकारी । राम्रो अभिनय गर्ने तथा बौद्धिक रूपमा चिनिँदै आएकी केकीको नेपाली फिल्म क्षेत्रमा ठूलो योगदान छ ।

केकी अभिनेत्री मात्र होइन, मोडलको रूपमा पनि उतिकै रुचाइएकी पात्र हुन् । फिल्म ‘स्वर’बाट फिल्म क्षेत्रमा प्रवेश गरेकी उनले अभिनय गरेका फिल्महरूले खासै सफलता पाउन भने सकेन । तर, उनका फिल्महरू नचले पनि उनलाई कामको कहिल्यै अभाव भएन । फिल्म फ्लप तर हिरोइन हिटको सूचीमा उनको नाम अग्रस्थानमा आइरह्यो ।

केकीले अभियन गरेका चलचित्र–

२०१० स्वोर
२०११ मसान
२०१२ आइएम सरी
२०१३ महसुस
२०१३ बितेका पल
२०१४ मेरो बेस्ट फ्रेन्ड
२०१४ श्रीपाँच अम्बरे
२०१४ मिउट–द हार्ट बिलोङ टु यु
२०१५ फन्को
२०१५ बाग्मती
२०१५ पुनर्जन्म
२०१६ भाग सानी भाग सानी
२०१६ हाउ फन्नी
२०१६ सावित्री
२०१८ लभ साशा
२०१८ राजा रानी
२०१८ घाम पानी ऐश्वर्यालगायतका धेरै फिल्ममा मुख्य भूमिकासहित निकै फिल्ममा लिड रोलमा पनि काम गरेकी छन् । तर, उनको यी फिल्महरूले बक्स अफिसमा कतै पनि सफलता पाउन सकेनन् । केकीका लागि २०७६ साल निकै फलदायी बन्यो । दसैंको माहोलमा गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘छ माया छपक्कै’ बाट केकी अब फ्लप हिरोइनबाट हिट हिरोइनको सूचीमा परेकी छन् । फिल्म ‘छ माया छपक्कै’ लाई दर्शकले धेरै रुचाएका छन् ।

यो केकीले अभिनय गरेकोे २५औँ फिल्मको सूचीमा पर्छ । बक्स अफिसमा धमाका मच्चाइरहेको यो फिल्म हेर्न देशका विशिष्ट व्यक्तिहरूदेखि राजनीतिक पार्टीका नेताहरूले समेत हेरेका छन् । फिल्मबाट केकीको नाम चर्चामा आउनुमा केकीको भूमिका मात्र पदैन, उनको फिल्म प्रोडक्सन पनि जिम्बेवार छ । फिल्म हिट भएसँगै उनी अन्तर्वार्तालगायत सामाजिक सञ्जालमा निकै व्यस्त रहन थालेकी छन् । सायद, यो पहिलो हिट फिल्म भएर पनि होला, फिल्मको सफलतामा उनी निकै उत्साहित देखिएकी छन् ।

यतिबेला सिनेमा घरहरूमा फिल्म ‘छ माया छपक्कै’ ले बम्पर व्यापार गरेको छ । सिने क्षेत्रको सुस्त अवस्थालाई यो फिल्मले राहत दिन निकै ठूलो भूमिका खेलेको छ । दसैंको अवसरमा रिलिज भएको फिल्म ‘रातो टीका निधारमा’ले दर्शक तान्न नसक्दा निराश बनेका हल व्यवसायी ‘छ माया छपक्कै’ प्रदर्शनमा आएसँगै निकै खुसी देखिएका छन् । दिपेन्द्र लामा निर्देशित यस फिल्ममा दीपकराज गिरी विद्यार्थी नेताका रूपमा देखिएका छन् भने केकी अधिकारी नर्सको भूमिकामा छिन् । व्यंग्यात्मक, समाजिक परिवेशमा बनेको यो फिल्मलाई दर्शकले धेरै रुचाएका छन् ।

साभार :समाचार दैनिक

बिहिबार, असोज ३०, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.