• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

सहयोगीको भरमा पर्यटक सूचना केन्द्र

महेन्द्रनगर :

नेपाल भ्रमण वर्ष बनाउने घोषणा गरिएका बेला सुदूरपश्चिम प्रदेशकै मुख्य नाकामा रहेको कञ्चनपुरको गड्डाचौकीस्थित पर्यटन बोर्डको कार्यालय पाँच वर्षदेखि सहयोगीका भरमा छ।

सरकारले २० लाख पर्यटन भित्रयाउने उद्देश्यले भ्रमण वर्षको प्रचारप्रसारमा जोड दिए पनि पर्यटक भित्रिने प्रमुख नाकाको पर्यटकलाई गन्तव्यबारे सूचना दिने कार्यालयमा सहायक थानेश्वर लेखकका भरमा चलेको छ।

नेपाल भित्रिने विदेशी नागरिकलाई यहाँका पर्यटकीयस्थलबारे जानकारी दिने उद्देश्यले पश्चिमी सिमानाका गड्डाचौकीमा नेपाल पर्यटन बोर्डको पर्यटक सूचना केन्द्र स्थापना गरिएको भए पनि कर्मचारी नहुँदा समस्या हुने गरेको कार्यालय सहायक थानेश्वर लेखकले बताए।

‘कार्यालयले हाकिम नपाएको पाचँ वर्ष बित्यो’, लेखकले भने, ‘कार्यालयमा भएका पर्यटकीय गन्तव्यको ब्रसर बाडिरहेको छु।’ कार्यालयमा प्रमुख नहुँदा काममा समस्या हुने गरेको उनले बताए।

सन् २०१८ मा गड्डाचौकी नाका भएर दुई हजार नौ सय ३० जना विदेशी पर्यटक नेपाल भित्रिएको अध्यागमन कार्यालयले जनाएको छ। अध्यागमन कार्यालय गड्डाचौकीका अनुसार यहाँबाट अमेरिका, फ्रान्स, जर्मन, बेलायतलगायत देशका नागरिक नेपाल भित्रिने गरेका छन्।

सन् २०१९ को ‘जुलाई’ सम्म एक हजार पाँच सय ९८ जना विदेशी पर्यटक गड्डाचौकीबाट नेपाल भित्रिएका छन्। कञ्चनपुरमा रहेका पर्यटकीय गन्तव्यको प्रचारप्रसार नहुँदा गड्डाचौकी भएर नेपाल भित्रिने विदेशी पर्यटक काठमाडौं, पोखरालगायत सहरमा घुम्न जाने गरेको पर्यटन व्यवसायी परमानन्द भण्डारीले बताए।

‘विदेशी पर्यटकले नै योजना बनाएको हुन्छ, पछि यहाँ आएर थाहा पाउँदा घुम्न जादैनन्’, भण्डारीले भने। उनले पर्यटक प्रवद्र्धनका लागि प्रचारप्रसारमा जोड दिनुपर्ने आवश्यक रहेको बताए।

बिहिबार, असोज ३०, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.