काठमाडौं ।
सामाजिक सुरक्षा कोषमा आबद्ध हुने म्याद असोज ३० अर्थात भोलिदेखि समाप्त हुँदैछ । यो अवधिसम्म एकदमै न्यून संख्यामा अर्थात ६ हजार रोजगारदाताबाट ८५ हजारभन्दा बढी श्रमिक कोषमा जोडिएका छन् । कोषका कार्यकारी निर्देशक कपिल ज्ञवालीले भोलिसम्म कोषमा आवद्द हुने समयसीमा रहेकोले रोजगादाता कम्पनीको संख्यामा वृद्धि हुने बताए ।
उनले कम्तीमा एक लाख श्रमिकलाई आबद्ध गर्ने लक्ष्य रहेको भन्दै भोलिसम्म उक्त लक्ष्य भेटिने अपेक्षा रहेको बताए । समयसीमा सकिने अन्तिम अन्तिममा धेरै रोजगारदाताले चासो देखाएको उनको भनाई छ । उनका अनुसार हालसम्म कामदारको सुरक्षा बापत कोषमा ५ करोड रुपैयाँ जम्मा भएको छ । योगदानमा आधारित सामाजिक सुरक्षा योजना निजी क्षेत्रलाई लक्षित गरेर ल्याइएको योजना हो । यद्यपी म्याद सकिने मिति सकिनै लाग्दा धेरै रोजगारदाता यो योजनाबाट बाहिरै रहेका छन् ।
को -को समेटिए यस योजनामा
सामाजिक सुरक्षा कोषका अनुसार यस योजनामा ठूला ठूला व्यवसायीक घरानाहरु समावेश भएका छन् । जसमा चौधरी गू्प, गोल्छा अर्गनाइजेशन, डाबर नेपाल, सुर्य नेपाल लगायत रहेका छन् । कोषमा चौधरी ग्रुपबाट १० हजार श्रमिक जोडिएको कोषले जनाएको छ । त्यस्तै शंकर गू्प, युनिलिभर, शिवम सिमेन्ट, आम्दा नेपाल, सोल्टी होटल, सांग्रिला होटल, मेरियट होटल नोबेल मेडिकल, नर्भिक अस्पताल, यति डिष्टीलरी लगायतका संस्था कोषमा आबद्ध भएका छन् ।
केही व्यावसायिक घरानाहरु योजनामा समेटिए पनि बैंक तथा वित्तीय संस्थाहरु भने यसतर्फ खासै आकर्षित देखिएका छैनन् । केही बीमा कम्पनी यसमा आबद्ध भएपनि धेरै कम्पनी अझैपनि योजना बाहिरै रहेका छन् । सामाजिक सुरक्षा कोषमा अजोड इन्स्योरेन्स, सिटीजन लाईफ इन्स्योरेन्स, एभरेष्ट इन्स्योरेन्स, जनरल इन्स्योरेन्स लगायतका केही कम्पनी भने कोषमा जोडिएका छन् ।
सामाजिक सुरक्षा कोषमा जोडिए के हुन्छ
२०७५ मंसिर ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीले निकै तामझामका बीच उक्त योजनाको शुभारम्भ गरेका थिए । योगदानमा आधारित सामाजिक सुरक्षा योजना निजी क्षेत्रलाई लक्षित गरेर ल्याइएको योजना हो । यो कोषमा रोजगारदाताले २० प्रतिशत र योगदानकर्ताले ११ प्रतिशत गरी कुल ३१ प्रतिशत रकम जम्मा गर्नुपर्दछ ।
रकम जम्मा गरेपश्चात कोषले सञ्चालन गर्ने सामाजिक सुरक्षा योजना अनुसार सेवा सुविधा प्राप्त हुन्छ । सामाजिक सुरक्षा योजनाबाट श्रमिकहरुले औषधी उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना तथा अशक्तता र वृद्धावस्था गरी चार किसिमका सुविधा पाउने छन् । त्यस्तै निवृत्तिभरण सुविधामा आश्रित परिवारको निवृतिभरण तथा सन्तति तथा स्थायी पूर्ण असक्षमता बापतको निवृत्तिभरण सुविधा समेत उपलब्ध हुने कोषले जनाएको छ ।
च्भबम mयचभ बतस् जततउकस्ररकबmबअजबचमबष्लष्प।अयmरलभधक(मभतबष्किरघज्ञद्धण्ढरद्दण्ज्ञढ(ज्ञण्(ज्ञट