काठमाडौँ ।
नेपाली लेग स्पिनर सन्दीप लामिछाने यूएईमा हुने टि टेन लिग मा महँगो मुल्यमा अनुबन्ध भएका छन् । यूनाइटेड अरब इमिरेट्स यूएईमा हुने टि–टेन लिगमा सन्दीप ४५ हजार अमेरिकी डलरमा अनुबन्ध भएका हुन् । टि –टेन नोभेम्बर १५ देखि सुरु हुँदैछ । उक्त लिगमा सन्दीप कर्नाटक टस्कर्सबाट खेल्नेछन् ।
विदेशी कोटाबाट परेका सन्दीपलाई कर्नाटक टस्क्सले क्याटोगरी ‘ए’ बाट राखेको छ । कर्नाटक टस्कर्समा आइकन खेलाडीको रुपमा दक्षिण अफ्रिका पूर्वओपनर हसिम हमला छन् । प्रशिक्षक भने टम मुडी छन् । गतबर्ष पनि सन्दीपले टि– टेन लिग खेलेका थिए । यसबेला केराला नाइट्सबाट खेलेका उनले ६ खेलमा ६ विकेट लिएका थिए । सन्दीप गत वर्ष पहिलो खेलमै पख्तुन्सविरुद्ध २ ओभरमा ३ विकेट लिएपछि खेलको म्यान अफ द म्याच घोषित भएका थिए ।