• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

१० दिनमा ३ सांसद पक्राउ

कसुर पुष्टि भए ३ वर्षदेखि जन्मकैदसम्म सजाय

काठमाडौँ —

निवर्तमान सभामुख तथा नेकपाका सांसद कृष्णबहादुर महरा बलात्कार प्रयास आरोपमा बालुवाटारस्थित सभामुखको सरकारी निवासबाटै असोज १९ गते पक्राउ परे ।

उनको दसैं महानगरीय प्रहरी वृत्त सिंहदरबार र थापाथलीस्थित नर्भिक अस्पतालमै बित्यो । त्यसको ८ दिन बित्न नपाउँदै असोज २६ गते कांग्रेस सांसद मोहम्मद आफताब आलम १२ वर्षअघिको व्यक्ति हत्यासम्बन्धी प्रकरणमा रौतहटबाट पक्राउ परे । आलम पक्राउको पर्सिपल्ट मंगलबार राजपाका सांसद प्रमोदकुमार साह विमानस्थलमा तोडफोड गरेको आरोपमा काठमाडौंबाटै पक्राउ परेका छन् ।

महरा र आलमलाई अदालतले हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिइसकेको छ । मंगलबार पक्राउ परेका सांसद साहलाई समय अभावका कारण अदालतमा पेस गर्न बाँकी छ । बुधबार उनलाई अदालतबाट म्याद थपेर कसुरमाथि अनुसन्धान गरिने धनुषा प्रहरीले जनाएको छ ।

कानुन निर्माण गर्ने तहमा रहेका ३ सांसद १० दिनको अवधिमा पक्राउ परेका हुन् । निवर्तमान सभामुख महरालाई पक्राउ गर्नुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले ‘अपराधमा संलग्नलाई अनुहार नहेरी कानुनी दायरामा ल्याउन’ प्रहरीलाई निर्देशन दिएका थिए ।
संसद् सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीमाथि बलात्कार प्रयास गरेको आरोपमा पक्राउ परेका महरा प्रहरी हिरासतमै छन् ।

मंगलबार काठमाडौं जिल्ला अदालतले थप ३ दिन हिरासतमा राखेर आरोपमाथि अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिइसकेको छ । आलम २०६४ चैत २७ गतेको बम विस्फोटमा घाइते भएका व्यक्तिलाई इँटाभट्टामा जलाएर हत्या गरेको अरोपमा पक्राउ परेका हुन् । जनकपुर विमानस्थलस्थित ‘बुद्ध एयर’को काउन्टरमा तोडफोड गरेको आरोपमा सांसद साह मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन् । नागरिक उड्डयन प्राधिकरणको उजुरीका आधारमा साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी शेखर खनालले बताए ।

बलात्कार प्रयासको कसुरमा महरामाथि मुलुकी अपराध संहिता ९ऐन० २०७४ को दफा २२४ अनुसार अनुसन्धान भइरहेको छ । कसुर प्रमाणित भए महरालाई ३ वर्ष कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने कानुनी व्यवस्था छ । व्यक्ति हत्या अभियोगमा पक्राउ परेका सांसद आलमविरुद्धको कसुर प्रमाणित भए जन्मकैदसम्मको सजाय हुन सक्छ ।

रौतहट प्रहरी प्रमुख एसपी भूपेन्द्र खत्रीले आलमलाई अदालतबाट ७ दिन म्याद थप गराएर हिरासतमा राखिएको बताए । ‘मुलुकी फौजदारी अपराध ऐनअनुसार उनीमाथि कर्तव्यज्यान कसुरमा अनुसन्धान अघि बढाएका छौं,’ उनले भने । धनुषा प्रहरी प्रमुख एसपी खनालका अनुसार सांसद साहमाथि गैरसैनिक हवाई उडान ऐन २०१५ अनुसार विमानस्थलमा तोडफोड तथा आक्रमण गरेको अभियोगमा अनुसन्धान थालिएको छ । हवाई यातायातसँग सम्बन्धित व्यक्तिको सुरक्षाविरुद्धको अपराधसम्बन्धी कसुर प्रमाणित भए साहविरुद्ध १० वर्षसम्म कैद सजाय हुन सक्छ ।

भ्रष्टाचार र कर्तव्यज्यान कसुरमा थप ३ सांसद पनि विभिन्न अपराधमा आरोपित छन् । राजपा सांसद रेशम चौधरी २०७२ भदौ ७ गत टीकापुर हत्याकाण्डको अभियोगमा कैलाली जिल्ला अदालतबाट दोषी ठहर भई कैद झुक्तानका क्रममा छन् । उक्त घटनालाई पूर्वन्यायाधीश गिरीशचन्द्र लाल नेतृत्वको आयोगले राजनीतिक आन्दोलन भने पनि अदालतले चौधरीलाई घटनाको योजनाकारका रूपमा दोषी ठहर गरेको थियो ।

संघीय समाजवादी फोरमका सांसद हरिनारायण रौनियार र नेकपाका सांसद नारदमुनि रानामाथि भ्रष्टाचार आरोप लागेको छ । पप्पु कन्स्ट्रक्सनका सञ्चालकसमेत रहेका रौनियार विरुद्ध पूर्वाधार निर्माणमा भ्रष्टाचार गरेको अभियोगमा २०७५ असोजमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । कूटनीतिक राहदानी दुरुपयोगको आरोप लागेका नेकपा सांसद रानाले विशेषबाट सफाइ पाए पनि मुद्दा सर्वोच्चमा विचाराधीन छ ।

बुधबार, असोज २९, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.