कञ्चनपुर,
कञ्चनपुरका स्थानीय सरकारले पर्यटन भ्रमण सफल पार्नका लागि बजेट विनियोजन गरेका छन् ।
संघीय सरकारले सन २०२० मा नेपाललाई पर्यटन भ्रमण बर्षका रुपमा मनाउने घोषणा गरे अनुरुप स्थानीय सरकारले भ्रमण बर्ष सफल पार्नका लागि चालु आर्थिक बर्ष २०७६÷०७७ मा बजेट विनियोजन गरेका हुन् ।
९ स्थानीय तह रहेको जिल्लामा महाकाली नगरपालिका बाहेकका ८ स्थानीय तहले बजेट विनियोजन गरेका छन् ।
महाकाली नगरपालिकाको निमित्त प्रमुख प्रशासकिय अधिकृत हरिदत्त जोशीले बजेट बिनै भ्रमण बर्ष मनाउने बताए । बेलडाँडी गाउँपालिकाले पर्यटकिय क्षेत्र कालिकिच ताल र किसान मध्यमर्ती क्षेत्रमा पर्यटकिय स्थल निर्माणका लागि एक एक बजेटको बजेट विनियोजन गरेको छ ।
बेलडाँडी गाउँपालिका कार्यालयका प्रमुख प्रशासकिय अधिकृत गणेश दत्त जोशीले पर्यटन भ्रमण सफल पार्नका लागि दुई स्थानलाई पर्यटकिय रुपमा विकास गरिने बताए । लालझाडी गाउँपालिकाले ५० लाख रुपैया विनियोजन गरेको छ ।
लालझाडी गाउँपालिका प्रमुख मदन सेन बडायकले ४५ लाखको पर्यटकीय पार्क र ५ लाखको पर्यटन प्रर्बद्धनका लागि कार्यक्रम गरिने बताए । प्रमुख बडायकका अनुसार लालझाडीको शंकरपुरमा रानाथारु संग्रालय रहेकाले त्यसको प्रचार प्रसार गरिने छ । यस्तै गरि बेदकोटले एक करोड, शुक्लाफाँटाले ९ लाख, पुर्नवासले १० लाख, कृष्णपुरले ५ लाख र बेलौरी नगरपालिकाले १० लाख रकम विनियोजन गरेका छन् । स्थानीय तहले आ–आफ्नो स्थानीय क्षेत्रमा पर्यटकिय भौतिक पुर्वाधारका साथै प्रर्यटन प्रर्बद्धनका कार्यक्रम गरिने बताएका छन् ।
बेलौरी नगरका प्रमुख पोतिलाल चौधरीले बेलौरी क्षेत्रमा रहेका पर्यटकिय स्थलको प्रचारप्रसार एव भौतिक पुर्वाधार विकासका लागि चालु आर्थिक बर्षमा १०लाख सहित थप माग गरिएको बताए ।
बेलौरीका ऐतिहासिक ताल बन्दा, पुरैना लगायतको संरक्षणका लागि सो क्षेत्रको ऐतिहासिक धार्मिक क्षेत्रको पर्यटकिय विकासका लागि योजना केन्द्रमा माग गरिएको बताए ।
कृष्णपुरका नगर प्रमुख कर्ण हमालले स्थानीयको कलाभाषा साहित्यको संरक्षण गर्दै पर्यटकिय कार्यक्तममा प्रर्बद्धनात्मक योजना अघि सारिएको बताए । शुक्लाफाँटा नगरका प्रमुख दिल बहादुर ऐरले नगरका पर्यटकिय क्षेत्रमा गुरु योजना बनाएर अघि बढ्ने बताए । पुर्नवासका मेयर जिवनराज थापाले पर्यटकिय क्षेत्रको विकास गर्दै पर्यटक भित्र्राउने बताए । बेदकोट नगरका मेयर अशोक कुमार चन्दले पर्यटन भ्रमण बर्ष सफल पार्नका लागि गत बर्ष बेदकोट महोत्सव आयोजना गरिएको बताए । बेदकोट नगरपालिकाले नगरको पर्यटकिय विकासका लागि बर्ष २०७५ लाई बेदकोट भ्रमण बर्ष घोषणा गरेको थियो ।
बेदकोट नगरका मेयर अशोक कुमार चन्दले बेदकोट भ्रमण बर्षका लागि पर्यटकलाई बेदकोटका अन्य पर्यटकिय गन्तव्य बारे जानकारी गराईन लागिएको छ । नगर प्रमुख चन्दले बेदकोटलाई अझै पर्यटकिय गन्तव्य बनाउनका लागि राजमार्ग छेउमै पार्क, बाल उद्यान र स्वमीङ्ग पुल निर्माण गर्न लागिएको बताए । उनका अनुसार १ करोड १० लाख लागतमा स्वमीङ्ग पुल निर्माण हुन लागेको छ ।
‘नगर क्षेत्रमा पर्यटकिय पुर्वाधार विस्तारका लागि नगरपालिकाले सानो सानो बजेट भएपनि काम गरिरहेको छ, ‘नगर प्रमुख चन्दले भने, ‘बजेट अभावका कारण ठुला योजना सम्पन्न गर्न समस्या भएको छ ।’
जिल्ला सदरमुकाम समेत रहेको भीमदत्त नगरपालिकाले पर्यटकिय क्षेत्रको विकासका लागि थुप्रै योजना अघि सारेको छ । ३५ लाख रुपैया विनियोजन गरिएको छ । भीमदत्त नगरपालिका प्रमुख सुरेन्द्र विष्टले पर्यटकिय पुर्वाधारको विकासका लागि योजना रहेको बताए । मेयर विष्टका अनुसार पर्यटन पुर्वाधार कार्यक्रमका लागि २० लाख, महाकाली नदीमा ¥याफटिङ्गका लागि ५ लाख, शुक्लाफाँटा झोलुङ्गेपुल महोत्सवका लागि ५ लाख, रौटेला धार्मिक क्षेत्रमा त्रिशुल निर्माणका लागि ५ लाख रुपैया विनियोजन गरिएको छ । भीमदत्त नगरपालिकाले जिल्लाको उत्तरी रौटेला धार्मिक पर्यटकिय क्षेत्रमा त्रिशुल स्थापना गरेको छ । भीमदत्त नगरपालिका–१ बाराकुण्डा रौटेला धार्मिक क्षेत्रमा १९ फिट तामाको अग्लो त्रिशुल स्थापना गरेको हो ।
मेयर विष्टले भीमदत्त नगर १९ वडा रहेकाले सबै वडाको प्रतिनिधित्व हुने गरि त्रिशुल स्थापना गरिएको बताए । मेयर विष्टले रौटेला नजिकै गत बर्ष १२ ऐतिहासिक धार्मिक कुण्डको समेत पुर्नभरण गरिएको बताए । ‘हामीले यहाँ कुण्डका साथै त्रिशुल स्थापना गरेका छौँ, ‘मेयर विष्टले भने, ‘यो क्षेत्र धार्मिक पर्यटकिय ऐतिहासिक नगरी हो ।’ रौटेला क्षेत्रमा त्रिशुल स्थापना गरिएसंगै स्थानीय पर्यटकको रमाएका छन् । त्यहाँ घुम्न आउने पर्यटकले सेल्फि प्वाईन्ट बनेको छ ।