धनगढी, १६ असोज- उपदेश युवा क्लवको आयोजनमा धनगढी उपमहानगरपालिका ६ जालीमा मैत्रीपुर्ण फुटवल प्रतियोगिता बिहिबारबाट सुरु भएको छ ।
दशैको अबसर पारेर आयोजना गरिएको फुटवल प्रतियोगितामा ८ टिम सहभागि भएका छन् । प्रतियोगिता धनगढी उपमहानागरपालिकाकी उपमेयर सुशिला मिश्र भट्टले कार्यक्रम बिच उद्घाटन् गरिन् । उद्घाटन् गर्दै उपमेयर सुशिला मिश्र भट्टले खेलकुदले समाजलाई स्वस्थ्य राख्ने भएकोले सबैलाई खेलकुदमा लाग्न् आग्रह गरिन् । उपमेर भट्टले युवाहरुले समाजमा रहेका हरेक बिकृतिहरुलाई हटाउन अभियान जस्ता सामाजिक काममा लाग्न आग्रह गरिन् । उपमेयर भट्टले खेलकुृद क्षेत्र बिकासका लागि धनगढी उपमहानगरपालिकाले हरदम तयार रहेको बताईन् ।
उपदेश युवा क्लवका अध्यक्ष श्रवण देउवाको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथी सुशिला मिश्र भट्ट, बिशिष्ठ अतिथी धनगढी उपमहानगरपालिका प्रबक्ता तथा वडा अध्यक्ष सन्तोष मुडभरी, वडा नम्बर ६का अध्यक्ष भागिराम चौधरीले प्रतियोगिताको शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम संचालन क्लवका सचिव अर्जुन महतोले गरेका थिए । ८ टिम सहभागि रहेको प्रतियोगिता ४ दिन चल्ने छ ।


