काठमाडौं- लगातार भइरहेको भीषण वर्षाका कारण भारतमा ८० जनाको मृत्यु भइसकेको छ। कयौं मानिस घाइते तथा धेरै विस्थापित भइसकेका छन्। देशभर करिब ५ दिनदेखि लगातार झरी लागिरहेको छ। खासगरी उत्तरप्रदेश र विहार राज्यमा वर्षा र बाढीले जनजीवन अस्तव्यस्त भइरहेको छ।
अधिकारीहरुका अनुसार उत्तरप्रदेशका १८ तथा बिहारका १५ जिल्लाहरुमा विद्यालय बन्द गरिएका छन्। भारतका २० राज्यमा अहिले पनि वर्षा भइरहेको छ। ठाउँठाउँमा बाढी आइरहेको छ। यो मनसुनको अन्तिम हप्ता हो। करिब ६० वर्षपछि यसवर्षको मनसुन १५ दिन ढिला भएको छ र, यो मनसुन अक्टोबर १५ सम्म जारी रहने भारतीय मौसम विभागले जनाएको छ। १९६० पछि मनसुन पहिलोपटक यति लामो सयमसम्म रहनेछ।
बिहारमा वर्षाका कारण जनजीवन सारै अस्तव्यस्त भएको छ। सडकहरु बन्द गरिएका छन् भने घरहरुमा समेत पानी भरिन थालेको छ। कैयौँ अस्पतालहरुमा पनि पानी भरिएको छ। बिहारका १५ जिल्लामा बाढीको रेड अलर्ट जारी गरिएको छ। १३ वटा रुटका रेलहरु पनि बन्द गरिएका छन्। एजेन्सीहरुको सहयोगमा
