नेपाली कांग्रेसकी नेतृ डाक्टर आरजु देउवाले सेती प्रादेशीक अस्पताललाई झुल सहयोग गरेकी छन् ।अस्पतालका विरामीहरुका लागि भन्दै डाक्टर देउवाले ३ सय वटा झुलहरु सेती प्रादेशीक अस्पतालका मेडिकल सुपरिटेन्डेन डाक्टर हेमराज पाण्डेलाई झुल हस्तान्तरण गरेकी हुन ।
सेती प्रादेशीक अस्पतालमा डेंगुका बिरामीहरु बढेका छन् भन्ने समाचार पढेपछि चिन्ता लाग्यो डाक्टर देउवाले भनिन्, आफै बिरामी सेती प्रादेशीक अस्पतालमा भर्ना भएका बिरामी थप जोखिममा रहेकाले झुल हस्तान्तरण सहयोग गरियो ।
निर्वाचनको समयमा आफुले ३ सय सैयाको अस्पताल बनाउन पहल गर्ने कुरा गरेको बताउदै डाक्टर देउवाले भनिन्, मैले १० करोड रुपियाँ बिनियोजन गर्न लगाएको थियो बर्तमान सरकारले कटौती ग¥यो । धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले अस्पताल प्रदेश सरकार अन्तरगत रहेको बताए । उनले भने, त्यसपछि झनै अबस्था खस्कीयो ।