लागु औषध तथा प्रतिबन्धित औषधी बिक्री वितरण गर्ने क्लिनिक सञ्चालक पक्राउ परेका छन् । कैलालीको लम्की चुहा नगरपालिका –४ बलिया स्थित लक्ष्मी स्वास्थ्य क्लिनिकमा लागु औषधी तथा प्रतिबन्धित औषधी फेला परेपछि क्लिनिक सञ्चालक मेसक कुमार चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय लम्की बाट खटिएको प्रहरी टोलीले उक्त स्वास्थ्य क्लिनिकमा चेक जाँच गर्दा लागु औषध तथा प्रतिबन्धित औषधी फेला परेको थियो । उनले बिक्री गर्दै आएका लागु औषध तथा प्रतिबन्धित औषधी प्रहरीले जफत गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले जानकारी दिए ।

