काठमाडौ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको व्यस्त कार्यतालिकाको कारण आज बस्ने भनिएको बैठक स्थगित गरिएको जनाएको छ । बिहीबार बिहान ९ बजे बस्ने भनिएको बैठकमा संगठनात्मक एकता टुंग्याउने तयारी थियो।
नेकपामा केन्द्रीय निकायहरूमा जिम्मेवारी बाँडफाट गर्न बाँकी छ। नेकपाको एकताको काम अधिकांश टुङ्गिए पनि प्रवास कमिटी, ज्येष्ठ कम्युनिष्ट मञ्च, अनुशासन आयोग, महानगरपालिका, केन्द्रीय सल्लाहकार समिति, राष्ट्रिय परिषद् र विभिन्न आयोगमा एकता बाँकी नै रहेका छन् । यस अघि नेकपा अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा बसेको बैठकले प्रधानमन्त्री ओलीसहितको बैठकले गरेका जनवर्गीय सङ्गठन र विभागको इञ्चार्ज र सहइञ्चार्जमा केही हेरफेर गरेको थियो । यसैगरी सोही बैठकले पार्टीभित्र अनुशासन खस्कँदै गएको भन्दै कुनै पनि विषय पार्टी भित्र नराखी सार्वजनिक रुपमा प्रचारबाजी गर्नेमाथि कारवाही गर्ने निर्णयसमेत गरेको थियो ।