‘मन्त्रीका कारण २४ मिनेट मात्रै ढिला भएको हो’
पर्यटनमन्त्री योगेश भट्टराईका कारण उडानमा भएको भनिएको बिषयमा वुद्ध एयरले आफ्नो धारणा सार्वजनिक गरेको छ । वुद्धले सोमबार नागरिक उड्डयन प्राधिकरणलाई पत्र लेख्दै काठमाडौंबाट उडान गर्दा नै ढिला भएको भन्दै उडानमा २४ मिनेट ढिलाई भएको जानकारी गराएको हो । ७ बुँदे पत्रमा बुद्धले परिमार्जित समय अनुसार २४ मिनेट ढिला भएर ८ बजेर ४ मिनेटमा विमान उडेको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार परिमार्जित समय अनुसार नेपालगंजबाट ६ बजेर २५ मिनेटको सट्टा ६ बजेर ४० मिनेटमा उड्नुपर्ने थियो। वुद्ध एयरसँगै यति एयरलाइन्सको विमान ६ बजेर ५३ मिनेट अवतरण गरेर ७ बजेर २१ मिनेटमा उडेको र श्री एयरलाइन्सको विमान ७ बजेर ३० मिनेटमा अवतरण गरेर ७ बजेर ५१ मिनेटमा उडेको कम्पनीले जनाएको छ।
मन्त्री विमानस्थलमा प्रवेश गर्नु भन्दा पहिलानै सुरक्षाकर्मीकै अगाडि १४–१५ जना यात्रुहरुसँगको समूहलाई विमान परिचारिकाले वाहिर निस्किन आग्रह गर्दागर्दै आक्रोशित भएर वाहिर निस्किएकाले विमानको उडानमा ढिला भएको जनाएको छ। त्यस्तैपत्रमा ‘६ः५० बजे मन्त्री एयरपोर्ट आइपुगेपछि उत्तेजित समूहले उहाँलाई घेरे, तर उहाँ चुपचाप बिमानमा चढ्नुभयो । उहाँसँगै अन्य यात्रु पनि भित्र पसे । तर, ४–५ मिनेट एकै ठाउँ उभिएर विवाद गर्न थाल्दा एकै भागमा बढि वजन भएर विमान ढल्किएको थियो,’
