अछाममा गर्भवति महिलाको उपचार सम्भव नभएपछि नेपालगञ्ज रेफर गरिएको छ ।
कमलबजार नगरपालिका वडा न १ मुली निवासी २० बर्षिया ईन्द्रा बिकलाई थप उपचारका लागि हेलिकोप्टर मार्फत नेपालगञ्ज रेफर गरिएको बयालपाटा अस्पतालले जनाएको छ ।
अछामको बयालपाटा अस्पतालमा उपचार गराईरहेकी बिकको यता उपचार सम्भव नभएपछि राष्टिय सभासदस्य शेर बहादुर कुवर, प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठ, महिला बालबालिका तथा जेष्ठनागरिक मन्त्रालयका अञ्जु ढुंगाना लगायतको पहलमा नेपालगञ्ज पठाईएको डक्टर विकास गौचनले बताउनुभयो ।
डा गौचनका अनुसार ज्वरो आएपछि वयालपाटा अस्पतालमा भर्ना गरिएको थियो । ३ दिन सम्म स्वास्यमा परिर्वतन नआएपछि रेफर गरिएको गौचनले वताउनु भयो । २८ हप्ताको गर्भवति बिक २६ गतेदेखि बयालपाटा अस्पतालमा उपचार गराईरहनु भएको थियो ।