२७ भदौ, २०७६
आजका पत्रपत्रिकामा राजनीतिक र विभिन्न घटनाक्रमलाई प्रमुख समाचार बनाइएको छ । कान्तिपुर दैनिकमा गृहमन्त्रीका भाइसहित पक्राउको विषयलाई प्रमुख समाचार बनाइएको छ । समाचार अनुसार फिरौती संकलनको आरोपमा पक्राउ परेका गृहमन्त्री रामबहादुर थापाका भाई नरेशसहित ७ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा विहीबार बयान सूरु भएको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान प्रतिवेदनसहितको फाइल आइतबार सरकारी वकिलको कार्यालयमा बुझाएको थियो । व्युरोले निर्माण व्यवसायी महासंघ अध्यक्ष शरदकुमार गौचनको हत्याका मुख्य अभियुक्तका रुपमा केन्द्रीय कारागारमा रहेका समीरमान बस्नेतसँग मिली फिरौती संकलनको धन्दा चलाएको आरोपमा उनीहरुलाई पक्राउ गरेको हो । नागरिक दैनिकमा भूमाफियाको स्वार्थमा भूमि विद्येयक शिर्षकमा प्रमुख समाचार लेखेको छ । अन्नपूर्ण पोस्टले लोकसेवा छलेर करारमा भर्ती शिर्षकमा प्रमुख समाचार लेखेको छ । आजको नयाँ पत्रिका दैनिकमा राष्ट्रसंघमा रोकियो सेना–प्रहरीको आठ अर्ब शिर्षकमा पमुख समाचार छ ।

