विश्व विजेता फ्रान्सले युरो कप छनोट अन्तर्गत अल्बानियालाई पराजित गरेको छ। शनिबार ।राती भएको खेलमा अल्बानियालाई ४-१ गोलले पराजित गरेको हो।
फ्रुान्सको जितका लागि किंग्सले कोमनले दुई तथा ओलिभर जिराडले र नानितामो इकोनिले एक एक्ल गोल गरे। अल्बानियाका लागि सोकोल सिकलेशीले एइक गोल फर्काए। खेलको आठौं मिनेटमा कोमनले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए।
२७ औं मिनेटमा जिरार्डले गोल गर्दै घरेलु टोली फ्रान्सलाई पहिलो हाफमा २-० को अग्रता दिलाए। त्यसपछि दोस्रो हाफमा थप दुई गोल गर्दा एक गोल खाएको थियो। तर, एन्टोनी ग्रिजमनले पेनाल्टी अवसर गुमाएका थिए।
६८ औं मिनेटमा कोमनले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सको अग्रता तेब्बर पारे। ८५ औं मिनेटमा इकोनिले डेब्यु गोल गर्दै फ्रान्सको अग्रता ४-० को अग्रता दिलाए। खेलको अन्तिम मिनेटमा सोकोलले पेनाल्टीमा गोल गर्दै गोल अन्तर घटाएका थिए।
फ्रान्स चोटका कारण मुख्य खेलाडी केलियन एम्बाप्पे, पाउल पोग्बा र उसमान डेम्बेलेबिना मैदान उत्रिएको थियो। यस जितसँगै फ्रान्सले ५ खेलबाट १२ अंक जोड्दै समुह ‘एच’को शीर्ष स्थानमा रहेको छ। अल्बानिया ६ अंक सहित तालिकाको चौथो स्थानमा छ।