बेलायतका काम र निबृत्तिभरण सम्बन्धी मन्त्री अम्बर रुदले बेक्जिटको मामिलामा प्रधानमन्त्री बोरिस जोहन्सनलाई सहयोग गर्न नसकिने भन्दै राजीनामा दिएकी छन् । उनले शनिबार प्रधानमन्त्रीलाई पत्र पठाएर सो जानकारी गराएकी हुन् ।
उनले २१ जना कन्जरभेटिभ पार्टीका सांसदलाई हटाउने निर्णयमा असहमति जनाएकी छन् । उनले आफ्नो दुई पेज लामो राजीनामा पत्र नै सार्वजनिक गरेकी छन् ।
ब्रेक्जिटको विषयमा प्रधानमन्त्रीको निर्णयका बारेमा हालै बेलायती संसदमा मतदान हुँदा प्रधानमन्त्रीकै पार्टीका २१ जना सांसदले फ्लोर क्रस गरेका कारण सरकारले संसदमा आफ्नो बहुमत गुमाएको थियो । यस अघि प्रधानमन्त्रीका भाइ जो जोहन्सनले पनि राजीनामा दिएका थिए । (बीबीसी)
