फिलिपिन्समा एउटा सानो विमान (एअर एम्बुलेन्स) दुर्घटना भएको छ । आइतबार दिउँसो फिलिपिन्समा भएको विमान दुर्घटनामा यात्रारत सबैजनाको ज्यान गएको यहाँको प्रहरीले पुष्टि गरेको छ ।
फिलिपिनी प्रहरीका अनुसार दुई चालकदलका सदस्यसहित नौ जना सवार विमान दुर्घटना हुँदा सबैजनाको ज्यान गएको हो । विमान दिउसो ३ बजे पान्सोलसिथ्त एक निजी रिसोर्टमा दुर्घटनाग्रस्त भएको प्रहरीले उल्लेख गरेको छ ।
आइतबार फिलिपिन्सको पर्यटकीय क्षेत्रमा भएको विमान दुर्घटनाका कारण निस्केको आगोको मुस्लोका कारण सयौँ स्थानीय भागाभाग भएको भिडियो स्थानीय सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा देखिएका छन् ।