काठमाडौं ।
नेपाली एटीएमबाट रकम चोरी गर्ने ५ जना चिनियाँलाई प्रहरीले सार्वजनिक गरेको छ । आइतबार एक पत्रकार सम्मेलन गरी उनीहरुलाई प्रहरीले सार्वजनिक गरेको हो । उ
नीहरुलाई प्ररहले मध्यरातमा दरबारमार्गस्थित नबिल बैंकको एटिएमबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा ३५ वर्षका चेन विन विन, ३२ वर्षका झु लियाङ आङ, ३० वर्षका क्यु याङयिङ, ४० वर्षका लु जियालिङ, २९ वर्षका लिन जिनमिङ रहेका छन् । उनीहरुको साथबाट नेपाली रुपैयाँ १ करोड २६ लाख २९ हजार ४५ रुपैयाँ, हङकङ डलर ८०, चाइनिज युआन ११ सय ९१, केही अमेरिकी डलर, युरो र कम्बोडियाको मुद्रा पनि भेटिएको प्रहरीले जानकारी दिएको छ ।
दरबारमार्गस्थित एक एटिएमबाट पैसा निकाल्ने क्रममा एकजनासंग सोधपुछ गरेर अन्यलाई भने प्रहरीले होटलमा भेटेको हो । हात्तिसारस्थि माया मनोहर बुटिकमा अन्यलाई प्रहरीले भेटेको जानकारी दिएको छ । उनीहरुले विदेशमा योजना बनाई विदाको दिन पारेर चोरी गर्ने गरेको खुलेको प्रहरीले बतायो ।