काठमाडौं ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइतबारदेखि दैनिक सात घण्टा बन्द हुने भएको छ । धावनमार्गको स्तरोन्नतीका लागि आइतबाररातीबाट चार महिनासम्म विमानस्थल सात घण्टा बन्द हुने विमानस्थल कार्यालयले जनाएको छ । भदौ १५ गतेदेखि पुस १५ गतेसम्म राति साढे ११ बजेदेखि बिहान साढे ६ बजेसम्म सात घण्टा उडान अवतरण सबै बन्द हुने बताइएको छ । स्तरोन्नतीका कारण विगतमा जस्तो विमान उडान प्रभावित नहुने विमानस्थल कार्यालयले जनाएको छ । हाल विमानस्थलबाट अन्तरिक र बाह्य गरी दैनिक चार सय भन्दा बढी उडान अवतरण हुने गरेका छन् । यसअघि पहिलो चरणअन्तर्गत गत चैत ११ देखि असार १६ गतेसम्म १० घण्टा उडान रोकेर धावनमार्गको जिर्णोद्धार गरिएको थियो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजबाट सात घण्टा बन्द हुने
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजबाट सात घण्टा बन्द हुने