• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

सेती प्रादेशीक अस्पताल नाममै सिमित

प्रदेशका दुई ठूला सेती अञ्चल अस्पताललाई प्रादेशीक र महाकाली अञ्चल अस्पताललाई महाकाली अस्पतालको नामाकरण गरिएपनि संरचना, शैया, जनशक्ती र उपकरण थप्नका लागि भने प्रक्रिया अगाडी बढेको छैन्। प्रदेशको सामाजिक विकास मन्त्रलायले सेतीलाई प्रादेशीक र महाकाली अञ्चल अस्पताललाई अञ्चल हटाएर महाकाली अस्पताल बनाउने निर्णय ९ महिना अघि गरेको थियो। उक्त निर्णयलाई दुई साता अगाडी साउन २९ गते सुदूरपश्चिम प्रदेशको मन्त्रीपरिषद् बैठकले समेत स्वीकृत गरिसकेको छ तर संरचना, शैया, जनशक्ती र उपकरण थप्नका लागि भने प्रक्रिया अगाडी नबढेको हो।

सोही बैठकले दुवै अस्पतालका लागि अस्पताल विकास समितिको अध्यक्षको समेत नियुक्ती गरिसकेको थियो। स्थानीय तह, प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको बेला अस्पताललाई तीन सय र पाँच सय शैयामा स्तरोन्नती गराउने विषयमा निकै चर्चा परिचर्चा भएपनि प्रदेश सरकारले भने अहिलेकै संरचना, शैया, जनशक्ति र उपकरणमा अस्पताललाई प्रादेशीक नामाकरण गरेको हो।

सेती प्रादेशीक अस्पताल र महाकाली अस्पताल भन्दै अस्पतालरुमा नामाकरण पनि भईसकेको प्रदेशको सामाजिक विकास मन्त्रालयका सुचना अधिकारी हेमराज खड्काले जानकारी दिए। ‘प्रादेशीक अस्पताल नामाकरण भईसकेको छ,’ उनले भने, ‘यद्यपी शैया, जनशक्ति लगायतका विषयमा भने टुङगो लाग्न बाँकी छ।’

‘अस्तालको स्तरोन्नतीका लागि अहिले सम्म आवश्यकता पहिचानका लागि सर्वे समेत हुन बाँकी रहेको छ,’ सेती प्रादेशीक अस्पतालका मेडिकल सुररिटेन्डेन्ट डाक्टर हेमराज पाण्डेयले भने, ‘स्तरोन्नती हुँन पहिले अनिवार्य रुपमा गर्नै पर्ने ओएनएम सर्वे अर्थात आवश्यकता पहिचानका लागि गर्नु पर्ने सर्वे अहिले सम्म सुरु समेत भएको छैन्।’

हुन त सामाजिका विकास मन्त्रालयले मन्त्रीपरिषद्बाट स्वीकृत हुन अगाडी नै ९ महिना पहिले प्रादेशीक अस्पतालको बोर्ड लगाउनका लागि दवाव दिएको थियो तर अस्पतालले लगाएको थिएन्। अहिले अस्पतालको नामारकण प्रादेशीक भएपनि त्यस्को मापदण्डको विषयमा समेत टुङगो लाग्न बाँकी रहेको मेसु पाण्डेयले बताए। उनेले भने–‘कति शैयाको हुने रु सञ्चालनको प्रारुप के हुने रु दरबन्दी, उपकरण र भौतिक संरचनाको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा समेत टुङगो लागेको छैन्।’

विक्रम सम्बत १९९७ सालमा जिल्ला अस्पतालका रुपमा स्थापना भएको सेती अञ्चल अस्पताल विक्रम सम्बत २०४० सालमा स्तरोन्नती गरि सेती अञ्चल अस्पताल बनाईएको थियो। प्रदेश सरकार आईसकेपछि नाम परिवर्तन गरि अञ्चललाई प्रदेश त बनाईएको छ तर सेवा विस्तारमा ध्यान दिईएको छैन्।

सेती अञ्चल अस्पतालमा ५० शैया नेपाल सरकारले स्वीकृती दिएको छ भने थप ७५ शैया अस्पताल विकास समितिले सञ्चालन गरेको छ। चलाउने अनुमति एक सय २५ शैयामा भए पनि बिरामीको चाप निकै बढि भएकाले झण्डै दुई सय ५० शैया सञ्चालन गरिएको छ।

शनिबार, भदौ १४, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद

Recent Posts

  • सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
  • एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
  • धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.