कैलालीमा खाल्डोमा डुवेर एक बालकको मृत्यु भएको छ। भजनी नगरपालिका वडा नम्वर ९ का अम्मर रानामगरका १२ बर्षीय छोरा उपेन्द्र राना मगरको खाल्डोमा डुवेर मृत्यु भएको हो। खेल्ने क्रममा घर नजिकै रहेको खाल्डोमा डुवेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
यस्तै कैलालीमा हिडिरहेको अवस्थामा बाटोमा लडेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको भजनी नगरपालिका १ का ७० बर्षीया खुलसी डगौराको बाटोमा लडेर मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार घरबाट आफन्तको घर जाने क्रममा बाटोमा लडेर उनी घाईते भएकी थिईन्।
उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र भजनी लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए।