काठमाडौं –पत्रकार सालिकराम पुडासैनीको आत्महत्या प्रकरण मुछिएका न्युज २४ का पत्रकार रवि लामिछानको मुद्दामा विधुतीय प्रमाण किर्ते गर्नेहरुविरुद्ध काठमाडौंस्थित टेकुको महानगरीय प्रहरी परिसरमा जाहेरी दर्ता हुने भएको छ । नेपाल चलचित्र विकास बोर्डकी पूर्व अध्यक्ष तथा लामिछानेकी श्रीमती निकिता पौडेलले बिहीबार जाहेरी दर्ता गर्ने भएकी हुन् ।
पुडासैनी आत्महत्यामा मुछिएका लामिछानेविरुद्ध साउन ३० गतेबाट लागू हुने गरी अनुसन्धानका लागि भन्दै पाँच दिन म्याद थपिएको थियो । अनुसन्धान नसकिएको भन्दै जिल्ला अदालत चितवनले मंगलबार थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ । लामिछानेसहित पत्रकार युवराज कँडेल र पुडासैनी आत्महत्या प्रकरणमा मुछिएकी युवती अस्मिता कार्कीसमेत थप पाँच दिन हिरासतमा राख्ने अनुमति दिएको छ ।
रुबीको श्रीमती निकिताको फेसबुकमा दिएको प्रतिक्राय उनकै वालबाट

