बंगलादेशको राजधानी ढाकाको एक झोपड बस्तीमा भएको भीषण आगलागीबाट ५० हजार मानिस घरबारविहीन भएका छन् । शुक्रबार रातिको आगलागीमा चालानटीका झोपड बस्तीका १५ हजार भन्दा बढी घर जलेका छन् ।
धेरैजसो घरको छत प्लास्टिकको भएकाले आगो फैलिएको थियो । यो घटनामा कैयौं मानिस घाइते भएका छन् । कसैको मृत्युको खबर भने नआएको जनाइएको छ । धेरैजसो मजदूर रहेको सो क्षेत्रमा इद उल अजहाको अवसरमा उनीहरु आफ्नो पुरानो पैत्रिक वासस्थानतिर गएको बेलामा यो घटना भएको हो ।
घटनाको कारण खुलि नसकेको प्रहरीले जनाएको छ । आगो नियन्त्रणका लागि दमकललाई ६ घण्टा भन्दा बढीको समय लागेको थियो । (बीबीसीबाट)