• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

क्रिकेट विश्वकप लिग-२ मा स्कटल्यान्डको पहिलो जित

आइसिसी क्रिकेट विश्वकप लिग-२ मा स्कटल्यान्डले पहिलो जित हात पारेको छ । घरेलु टिम स्कटल्यान्डले शनिबार राति सकिएको खेलमा पपुवा न्युगिनी (पिएनजी) लाई ३ विकेटले पराजित गरेको हो।

पिएनजीले दिएको २०६ रनको लक्ष्य स्कटल्यान्डले ७ बल खेल्न बाँकी छदा ७ विकेटको क्षतिमा पार गरेको थियो। उसका लागि कप्तान केल कोइटजरले ९६ रन बटुले। बलिङमा पिएनजीका पोकना र असद भालाले ३-३ विकेट लिए।

त्यसअघि पहिले ब्याटिङ गरेको पिएनजीले ५० ओभरमा ९ विकेटको क्षतिमा २०५ रन जोड्यो। उसका लागि ओपनर उराले ४६ रन जोडे। बलिङमा स्कटल्यान्डका हम्जा ताहिरले ४ विकेट लिए।

स्कटल्यान्ड, पिएनजी र ओमानबीच जारी त्रिकोणीय सिरिजमा स्कटल्यान्डको यो पहिलो जित हो भने पिएनजीको लगातार दोस्रो हार हो। ओमानले सुरुवाती दुवै खेलमा जित हात पारेको थियो।

चार वर्षपछि भारतमा हुने एकदिवसीय विश्वकपको छनोटको रुपमा रहेको क्रिकेट विश्वकप लिग–२ अन्तर्गत बिहीबारदेखि त्रिकोणीय सिरिज सुरु भएको थियो।

लिग-२ मा नेपालसहित ७ देशबीच त्रिकोणीय सिरिज हुनेछ। ७ वटा एकदिवसीय टिमबीच २१ वटा त्रिकोणीय सिरिज सार्वजनिक हुने आइसिसीले यसअघि नै गरेको थियो।

लिग–२ मा नेपालसहित नामिबिया, ओमान, पपुवा न्युगिनी (पिएनजी), स्कटल्यान्ड, युएई र अमेरिका छन्।

एक सिरिजमा ६ एकदिवसीय खेल हुनेछन् भने एक टिमले चार खेल खेल्नेछ। प्रत्येक टिमले साढे २ वर्षको बीचमा ३६ वटा खेल खेल्नेछन्।

नेपालले पहिलो सिरिज घरेलु मैदानमा खेल्नेछ। कीर्तिपुरस्थित टियु मैदानमा हुने सिरिजमा नेपाल, अमेरिका र ‌ओमानबीच खेल हुनेछ। सो सिरिज आगामी फेब्रुअरीमा हुनेछ।

आइतबार, भदौ ०१, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

धनगढी कोरा २०२६’ आयोजना साउन २ गते हुँदै
‘सुदूरपश्चिम स्पोर्ट्स अवार्डको’ मुख्य प्रायोजक एसपीए
एनपीएलको तेस्रो सिजनका लागि सुदूरपश्चिम रोयल्सले सात जना खेलाडीलाई रिटेन गर्याे

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.