• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

खाजाघरमा यसरी हुन्छ, भित्र यौनधन्दा

काठमाडौं – यौन धन्दाको नयाँ ट्रेण्ड चलिरहेको प्रहरीले फेला पारेको छ ।

खाजा पसलको नाममा दर्ता नगरी र पसलमा १–२ वटा खाजाका ‘आइटम’ राख्ने र महिला तथा युवतीलाई यौन धन्दामा लगाउने गरेको प्रहरीले तथ्य फेला पारेको हो ।

पछिल्लो समय खाजा पसलका नाममा यस्तो क्रियाकलाप गरेको भन्दै गत जेठ ३ गते काठमाडौंको नयाँ बसपार्कबाट २८ जनालाई प्रहरीले पक्राउ गरेकोे थियो । प्रहरीले नयाँ बसपार्क क्षेत्रका खाजाघर तथा रेस्टुरेन्टमा यौन क्रियाकलाप गर्ने १५ पुरुष र १३ जना महिला गरी २८ जना पक्राउ गरेको थियो ।

नयाँ बसपार्क, कोटेश्वर, चाबहिल, गौशाला लगायतका क्षेत्रमा दर्ता नगरिकनै खाजा पसलका नाममा यौनधन्दा भइरहेको तथ्य खुलेको प्रहरी परिसरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) उत्तमराज सुवेदीले बताए ।

‘मानिसको भीडभाड हुने तथा राजधानीका मुख्य ठाउँ मानिने कोटेश्वर, कलकंकी, नयाँ बसपार्क, रत्नपार्क लगायतका क्षेत्रमा उनीहरूको सक्रिय देखिन्छ,’ एसएसपी सुवेदीले भने ।

‘ए दाई हामी मिलाइदिन्छौं, जाने हो ? सुरक्षित छ क्या ? जस्ता शब्द प्रयोग गर्ने दलालले सर्वधारणलाई अप्ठ्यारो पारेको भन्ने सूचनाहरू हामी कहाँ आइरहन्छन् । त्यसलाई हामीले समुदायसँग साझेदारीमा नियन्त्रणमा लिने, सम्झाउने तथा सुध्रिनको समय दिने । यति हुँदाहुँदै पनि अटेरी गर्नेलाई कानून बमोजिमको कारवाहीका लागि सिफारिस गर्छाैं,’ प्रमुख सुवेदीले लोकान्तरसँग भने ।

३ थरिका यौन क्रियाकलाप

दिउँसो यौन क्रियाकलाप गर्ने महिला–पुरुष, राति ८ बजेदेखि ११ बजेसम्म यौन क्रियाकलाप गर्ने र तेस्रोलिङ्गी यौन क्रियाकलप गर्ने गरी ३ थरिका समूह सक्रिय छन् । प्रहरीले यस्ता समूहलाई कानूनी दायरामा ल्याउन र राजधानीमा आम सर्वसाधारणलाई सहज रुपमा हिँडडुल गर्न सक्ने वातावरण बनाउन लागिपरेको प्रमुख एसएसपी उत्तमराज सुवेदीले लोकान्तरलाई बताए ।

‘तेस्रोलिङ्गीहरू ठमेलको सञ्चय कोष छेउछाउ, चाबहिल, नयाँ बसपार्कमा सक्रिय रहेका छन् । हामीले उनीहरूलाई यस्ता क्रियाकलापबाट निरुत्साहित गर्न अथवा सचेत गराउने, नमानेमा कानूनको दायरामा ल्याउने गरेका छौं,’ उनले भने ।

शनिवार रत्नपार्क विशेष सरसफाइ

रत्नपार्कमा यौनजन्य क्रियाकलाप गर्ने समूहलाई लगभग अन्त्य गर्दै लैजाने क्रममा त्यस्ता क्रियाकलाप गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको एसएसपी सुवेदीले बताए । उनका अनुसार अझै पनि यौनजन्य गतिविधि गर्नेलाई छाडिने छैन ।

‘हामीले यौनजन्य गतिविधि गर्नेहरूलाई त्यसक्षेत्रबाट हटाइसकेका छौं । अब हामीले त्यस क्षेत्रमा भएका भौतिक फोहोरलाई पनि शनिवार काठमाडौं परिसरको पहलमा सरसफाइ अभियान राखेका छौं,’ एसएसपी सुवेदी थपे, ‘त्यस क्षेत्रमा कागज तथा अन्य फोहोर जम्मा भएका छन् । साथै ओभर ब्रीजहरू पनि जीर्ण भएका छन् । जिम्मा लिएका ठेकेदार मनोज भेटवालसँग कुरा गरिसकेका छौं । अब शनिवार मर्मतसँगै रंगरोगन पनि गरिने छ र सुन्दर बनाउँछौं ।’

खाजा व्यवसायी र कामदार महिलालाई सचेतना तालिम

काठमाडौंका खाजा पसल र त्यसमा काम गर्ने मजदूर र महिला कर्मचारीलाई प्रहरीले सचेतनामूलक तालिमको व्यवस्था गरेको छ । काठमाडौं प्रहरी परिसर, राजस्व विभाग र होटल व्यवसायीको सहकार्यमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न लागेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) होविन्द्र बोगटीले लोकान्तरलाई बताए ।

‘राजस्वको दायरामा नआएका खाजा पसललाई राजस्व विभागले दायरामा ल्याउँछ र अनैतिक क्रिलाकलाप गर्नबाट जोगाउनको लागि हामीले सचेतनामूलक तालिम दिन्छौं,’ बोगटीले थपे, ‘समुदायको सहकार्यमा हामीले यस्ता कार्यक्रम गर्ने हो यसले गर्दा समाजले पचाउन नसक्ने यस्ता क्रियाकलप भए गरेको देखेमा हामीलाई सूचना आउनेछ भन्ने विश्वास लिएका छौं ।’

इच्छाले होटल गएका जोडीलाई छूट

इच्छाले होटलमा बस्ने जोडीलाई प्रहरीले हस्तक्षेप गर्न छोडेको छ । ‘कुनै पनि मानिसको निजी मामिलामा हस्तक्षेप गर्न कानूनले पनि दिँदैन र हामीले सुरक्षाको हिसाबले बाहेकका अन्य कुराले सर्वसाधारणलाई पक्राउ गर्दैनौं,’ अपराध महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सहकुल थापाले लोकान्तरलाई भने, ‘सामान्य रुपमा कुनै होटलमा मानिसहरू जान्छन्, ड्रिंक्सहरू गर्दछन, खाजानास्ता खान्छन् भने त्यसलाई सामान्य रुपमा लिइन्छ । यसलाई रोक्ने कुरा भएन ।’

केटाकेटी, प्रेमीप्रेमिका कानूनी रुपमा होटलमा जाँदा प्रहरीले कुनै रोकावट नगर्ने प्रहरीले स्पष्ट पारेको छ । ‘कुनै होटल, गेस्ट हाउस वा लजमा केटाकेटी, ब्वाइ फ्रेन्ड र गर्ल फ्रेन्डको रुपमा लिगल्ली रुपमा जान्छन् भने त्यो अधिकार पनि छ । त्यसमा हाम्रो रोकावट हुँदैन । हामीले मुख्य गरेर होटल, गेस्ट हाउस वा लजमा गलत कामका लागि युवायुवती राख्ने, बाहिरबाट ग्राहक खोजेर ल्याउने अवस्थालाई हाम्रो कानूनले छुट दिएको छैन र हामीले त्यस्तो गतिविधि गर्ने वा गराउनेलाई नियन्त्रणमा लिन्छौं,’ उनले भने ।

शुक्रबार, साउन ३१, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.