काठमाडौं । राष्ट्रिय सभामा दर्ता भएको विवादित नेपाल मिडिया काउन्सिल सम्बन्धी कानून संशोधन र एकीकरण गर्न बनेको विधेयक संसदमा अघि बढाइने भएको छ ।
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको पहलमा सोमबार उनकै कार्यकक्षमा बसेको राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिहरुबीच यस्तो सहमति जुटेको बैठकमा सहभागी एक सदस्यले बताए । अध्यक्ष तिमिल्सिनाको पहलमा भएको छलफलमा छिट्टै नै सो विधेयक सदनमा अगाडि बढाउन सबै पक्ष सहमत भएको पौडेलले बताए ।
बैठकमा राष्ट्रिय सभा उपाध्यक्ष शशिकला दहाल, सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटा, राष्ट्रिय सभा दलका नेता दिनानाथ शर्मा, विपक्षी दलका नेता सुरेन्द्र पाण्डे, सत्तापक्षका प्रमुख सचेतक खिमलाल भट्टराई, विपक्षी दलका सचेतक सरिता प्रसाईँ, समाजवादी पार्टीकी प्रमिला कुमारी, पत्रकार महासंघका प्रतिनिधि सहभागि थिए । यो विधेयकका विषयमा व्यापक विरोध र प्रदर्शनहरु भएका थिए ।